कलात्मक भवन निर्माण
बिदुर–सामाजिक सेवामा जोड दिदै नुवाकोटको वट्टारवजारमा कलात्मक भवन निर्माण गरिएको छ । कला तथा संस्कृतिलाई झल्काउने उद्धेश्यले उक्त भवन निर्माण गरिएको हो ।

विदुर नगरपालिका ४ स्थित पुरानोपाटीसगैँ ’बट्टार टोल सुधार संस्था’ मार्फत निर्मित उक्त कलात्मक भवनको विहीवार विदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले सामाजिक सेवावाटै मानवको सेवा तथा सत्कर्मको विकास हुने भएका कारण सामाजिक अभियानमासमेत क्रियाशील हुनुपर्ने वताए ।

विदुर नपाका कुल ७० लाख रुपैया लागतमा उक्त कलात्मक भवनको निर्माण गरिएको हो । दुई तल्ले पांच कोठे उक्त कलात्मक भवनवाट वट्टारका साथै समग्र विदुर नपाको कला, संस्कृति, पहिचान र ऐतिहासिक वस्तुहरुको संरक्षण तथा सम्वद्र्धन गरिने लक्ष्य रहेको बिदुर नपाले जनाएको छ ।

कलात्मक भवनको उद्घाटनसंगै मेयर श्रेष्ठले ’बट्टार टोल सुधार संस्थाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठलगायतको समूहलाई भवन हस्तान्तरण गरे । कार्यक्रममा संस्थाका अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, महिला उद्यमीस् शान्ति प्रधान, युवा अगुवा गोकेल श्रेष्ठ, उशनमान श्रेष्ठ, विदुर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेललगायतले कला, संस्कृति र स्थानीय पहिचानको विषयमा चर्चा गरेका थिए ।



















































