घट्यो पेट्रोलको मूल्य

डिजेल, मट्टितेल र हवाई इन्धनको बढ्यो
लोकखबर
२०८२ श्रावण १५, बिहीबार २२:४३

बिदुर–नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । डिजेल, मट्टितेल र हवाई ईन्धनको मूल्य भने बढाएको छ ।

 

भारतीय आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएसंगै पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ । पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दा आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटबढ गरेको हो ।
जस अनुसार पेट्रोल १ रुपैयाँले घटेर आएको छ । डिजेल तथा मट्टीतेल २ रुपैयाँले बढेको छ भने आन्तरिक हवाई इन्धन ३ रुपैयाँले बढेको छ ।

 

काठमाडौँ विमानस्थलमा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २१ डलरले बढेको छ । यस्तै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’ मा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ ।

एलपी ग्यासको खुद्रा मूल्य भने यथावत् छ । समायोजित नयाँ मूल्य विहीवार राति १२ बजेदेखि लागू हुनेछ ।


सर्वाधिक रुचाइएको