वडाध्यक्षको जन्मदिन वृद्धाश्रममा
बिदुर–नुवाकोटको विदुर नगरपालिकाका एक जनजा वडाध्यक्षले आफ्नो जन्मदिन वृद्धाश्रममा मनाएका छन् । विदुर नगरपालिका ५ देवीघाटस्थित वृद्धाश्रम पुगेर विदुर ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले आफ्नो जन्मदिन सामाजिक सेवा गर्दै मनाएका हुन् ।

खोज्छन् सबै सुख भनि सुख त्यो कहाँ छ?आफु मेटाई अरुलाइ दिनु जहाँ छ भन्ने मुल नारासहित बिदुर ६ मूलथला घर भएका वडाध्यक्ष चालिसेले आफ्नो ४२ औं जन्मदिन वृद्धावृद्धाहरुसंग वसेर मनाएका हुन् । उनले देवीघाट ज्येष्ठ नागरिक तथा अध्ययन प्रतिष्ठानमा आश्रित ३८ जना वृद्ध बाआमाहरूलाई दैनिक रुपमा भोजनको लागि विभिन्न खाद्यान्नहरु हस्तान्तरण गरे ।

वडाध्यक्ष चालिसेले ३ बोरा चामल, ५ बाक्सा चाउचाउ, १ दर्जन नुहाउने साबुन, ५ किलोग्राम नुन, ५ केजी दाल, ३ बाक्सा बिस्कुट प्रदान गरेका हुन् । उनले आफ्नो जन्मदिन वृद्धवृद्धाहरुसंग वसेर मनाएको र उहांहरुका लागि केहि खाद्यान्न हस्तान्तरण गरेको वताए ।

यसका साथै बृद्धबाआमाको हात हातमा वडाध्यक्ष चालिसेले फलफुलसमेत वितरण गरेका छन् । उक्त प्रतिष्ठान अन्तर्गतको जेष्ठ नागरिक मानव सेवा आश्रम सन्चालन कार्य समितिका अध्यक्ष विष्णुप्रसाद नेपालले वडाध्यक्ष चालिसेको उक्त अभियानको प्रशंसा व्यक्त गरे ।














































