बाढीले वगाएका दुईवटा लकर भेटियोे
बिदुर – नुवाकोटको विभिन्न स्थानमा दुई वटा लकर फेला परेको छ । बाढीले क्षति गरेको झोलुंगे पुल मर्मत र बाढीको फोहोर सफा गर्ने क्रममा बुधसिंघाट र त्रिशूलीवजारमा लकर भेटिएको हो । विदुर नगरपालिका–३ र बेलकोटगढी नगरपालिका–७ जोड्ने झोलुङ्गे पुल क्षतिग्रस्त भएपछि मर्मतसम्भार गर्ने क्रममा बुधसिंघाटमा एक थान लकर भेटिएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सहितको सयुक्त सुरक्षा टोलीमार्फत पुल मर्मत कार्यको लागी भइरहेको सहजिकरणमा लकर भेट्टिएसगैँ सुरक्षाकर्मीको टोलीबाट उक्त लगकको संरक्षण गरिएको छ । यता, बिदुर नपा १ त्रिशूली बजारमा एक थान सेफ भेटिएको छ । बाढीको फोहोर सफा गर्ने क्रममा वुधवार त्रिशूली बजारभित्र मूल चोकबाट बसपार्कतर्फ ३–४ घर अगाडि एउटा सेफ भेटिएको प्रहरीले जनाएको छ ।

उक्त लकर र सेफ कसको हो? र त्यसमा के छ? भन्ने विषयमा थप विवरण आउन बाँकी रहेको छ । उक्त सेफ कसैको भएको भए तुरुन्त प्रहरीलाई खबर गरी स्थानीय टोलवासीको रोहबरमा सुरक्षित रूपमा लैजान प्रहरीले अनुरोध गरेको छ ।














































