बाढीले उजाडिएको बस्तीमा छैन तीजको रौनक
बिदुर – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको अकल्पनीय बाढीले घर–बस्ती बगाएपछि नुवाकोटका बाढीग्रस्त बजारमा महिलाहरुको मुख्य पर्व तीजको रौनक छैन् । बाढीले खण्डहर पारेका बस्तीहरु अहिले सुनसान छन् । गत वर्षको तीजमा निकै भीडभाड र रौनक छाउने नुवाकोटको देवीघाटस्थित शिवधाम, ढुंगेको महादेवमन्दिर, तारकेश्वर र वेत्रावतिको शिव मन्दिरहरुमा यस वर्ष कुने हर्ष तथा उत्साह छैन् ।

बाढीग्रस्त स्थानका शिव तथा महादेव मन्दिरहरुमा विगत वर्षहरुमा तीज पर्व मान्ने महिलाहरुको भीड लाग्ने गरेकोमा यस वर्ष कुनै पनि रौनक र उत्साह नभएको स्थानीयवास िवताउंछन् । तीजमा विशेष गरि हिन्दु महिलाहरु माइती गएर दर खाएर ब्रत वसेर भगवान शिवको पुजाआराधना गर्ने गरेकोमा यस वर्ष यहि भदौ १० गते वुधवार आएको प्रलयकारी बाढीले घरवस्ती नै उजाडिदिने गरि बाढी आएपछि महिलाहरुले तीज मनाएका छैनन् । घर बाढीले वढारिदिएको छ, कुन खुसी, कुन उत्साह र कुन रौनकले तीज मनाउन सकिन्छ र? बिदुर नगरपालिका ५ देवीघाटकी बाढी पीडित सम्झना थापाले वताइन् ।

घर नै नभएपछि शरिरमा केहि पनि खुसी वांकी नहुने रेछ, तीज मनाउन त विशेष रौनक, उत्साह तथा खुसीयाली हुनुप¥यो नि, विपत्तीमा कसरी तीज मनाउनु उनले दुःखि हुदै वताइन् । विनासकारी वाढीले कसैको घर, कसैको जन्मघर वगाएपछि तीजको रौनक यस वर्ष खल्लो भएको छ । बाढीले आफु जन्मेको बिदुर नपा १ ढुंगेस्थित माइतीघर वगाएपछि आफुले तीज मनाउन नसकेको भगवती नेपाल वताउंछिन् । पहिले पो रौनक र उत्साह थियो, अहिले उजाड छ, कसरी पो तीज मनाउं? भनेर प्रतिप्रश्न गर्छिन् ।

विनासकारी बाढीले माइती घर वगाएपछि तीज भन्दा पनि आफ्ना आमावुवाहरुको व्यवस्थापन नै मुख्य विषय रहेको अधिकांश चेलीहरुको एउटै धारणा रहेको छ । ढुंगेकी बाढी पीडित रुपा थापा पुर्नस्थापना र सुरक्षित वास नै अहिले प्रमुख आवस्यकता हो, कसरी तीज मनाउने हो र? भन्छिन् । बाढीले वजार नै उजाडेर खण्डहर वनाएको नुवाकोटको ढुंगेवजार, त्रिशूलीवजार, देवीघाटवजार, वेत्रावति, शान्तिवजार, महादेवफांटलगायतका स्थानमा तीजको कुनै रौनक छैन् । एकाध व्यक्तिहरुले परमपरालाई जीवन्त राख्न पर्व औपचारिक रुपमा मनाएपनि बाढीले उजाडिदिएको बस्तीमा तीजको कुनै रौनक नै छैन् ।














































