सामूदायिक विद्यालयमा सीप विकास कार्यक्रम
बिदुर–नुवाकोटको सामुदायिक विद्यालयहरुमा सिप विकास कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत कार्यरत शिक्षक शिक्षिकाहरुलाई सचेतना कार्यक्रम प्रदान गरिएको छ ।

उक्त कार्यक्रमअन्र्तगत सन्चालित सचेतनामुलक तालिममा जीवनोपयोगी सीप सत्र संचालनको बिद्यिहरु सिकारु केन्द्रीत, लैङ्गिक उत्तरदायी, सामाजिक जागरणमा केन्द्रीत गर्दै समूह व्यवस्थापन र सहजिकरणमा जोड दिइएको थियो । उक्त तालिममा विदुर नगरपालिकाका विभिन्न ११ सामुदायिक विद्यालयका २० जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

सहभागीमध्ये ११ जना महिला रहेका थिए । सहभागी शिक्षक शिक्षिकाहरुले तालिममा सिकेको ज्ञान र सिपलाई कक्षामा उपयोग गर्ने गरी प्रयोगात्मक नमूना अभ्याससमेत गरेका थिए ।

विदुर नगरपालिकाको समन्वय र रुम टुरिडको आर्थिक तथा प्राविधिक सहयोगमा रुडेक नेपालको आयोजनामा शिक्षकशिक्षिकाहरुका लागि विदुरमा सन्चालित ४ दिने जीवनोपयोगी सीप शिक्षा तालिम सम्पन्न भएको हो । विदुर नपाका सामुदायिक विद्यालयमा जीवनोपयोगी सीप प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम संचालन गरिएको आयोजक रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।

उक्त जीवनोपयोगी कक्षा चालु शैक्षिक शत्रदेखी कक्षा ६ का बालबालिकाहरुलाई दिइने छ । सहभागिहरुले तालिम उपयोगी, समसामयिक र प्रभावकारी रहेको वताए ।

यसले विद्यार्थीको लागि आवश्यक जीवनोपयोगी शिक्षा दिन सक्ने सीप हासिल गर्न मद्धत पु¥याउने लक्ष्य रहेको विषयमा आयोजक रुम टु रिडका रािष्ट्रय कार्यक्रम व्यवस्थापक सलिना तामाङ, जय प्रजापति, सन्तोष खनाल, कविता थापा, सन्तोषी ढुङ्गानालगायतले तालिम सहजीकरण गरेका थिए । यसमा शिक्षकहरुले योजना नै बनाएर कक्षा ६ मा जीवनोपयोगी सीप सत्र संचालन गर्ने जागरुकता देखाएको र यसवाट प्रभावकारीको वढोत्तरी भएको आयोजक रुडेक नेपाल बालिका तथा लैङ्गिक समानता कार्यक्रम अधिकृत कविता थापाको भनाई छ ।
















































