विद्यालयका प्रअ मृत भेटिए

देवीघाटमा अन्तिम संस्कार
लोकखबर
२०८२ श्रावण २०, मंगलवार २०:२९

बिदुर–नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापक मृत भेटिएका छन् । उनको मंगलवारै देवीघाटमा अन्तिम संस्कार गरिएको छ ।

बेलकोटगढी नपा १२ सातबिसे घर भई बेलकोटगढी १० पोखरीथोकमा रहेको वरदेवी आधारभुत विद्यालयका प्रअ ५६ वर्षिय एकराम सिलवाल आफ्नै घर नजिकै रहेको ढुङ्गा माटोले बनेको जस्ताले छाएको २ तले गोठमा मृत अवस्थामा फेला परेको जिल्ला  प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटनाको जानकारी लगत्तै प्रहरी अधिकृत सहितको टोली घटनास्थल पुगेर लाशजाँच प्रकृती मुचुल्का गरि त्रिशूली अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको  नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

उनका अनुसारघटनाको थप अनुसन्धानको कार्य भइरहेको छ । सिलवालको शव त्रिशूली अस्पतालमा पोष्टमार्टम गरि शव देवघिाटस्थित त्रिशूली नदी किनारामा अन्तिम संस्कार गरिएको छ ।
लामो समयदेखि वरदेवी आधारभूत विद्यालयका प्रअमा कार्यरत सिलवाल आफ्नै गोठमा झुण्डिएर मृत अवस्थामा फेला परेको स्थानीयवासीले वताए । शिक्षण पेशामा झण्डै तीन दशक विताएका सिलवालका पत्नी, दुई छोरा र एक छोरी रहेका छन् ।


सर्वाधिक रुचाइएको