७२ वर्षिय वृद्धले गरे आत्महत्या
बिदुर–नुवाकोटको भदुवारका एक वृद्धले आत्महत्या गरेका छन् । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
बिदुर नगरपालिका–१२, भदुवारका ७२ वर्षिय कृष्णबहादुर तामाङले आफ्नो घरदेखि दुई सय मिटर पुर्व छिमेकीको बारीमा रहेको काप्राको रुखमा नाईलनको डोरीले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ । वृद्धले आत्महत्या गर्नुको कारण र घटनाका सम्वन्धमा प्रहरीले विशेष रुपमा अनुसन्धान गरिरहेको वागमति प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उता, नुवाकोटको छिमेकी रसुवाको गाउँपालिका–२, कटुन्जेका ५१ वर्षिय यमप्रसाद पुडासैनीले पनि जीवनको उत्तरार्धमा आत्महत्या गरेका छन् । पुडासैनीले घरदेखी पांचसय मिटर दक्षिणमा कालिका ३ कटुन्जे स्थित आफ्नै बाख्रा गोठको बलोमा नाम्लोको डोरीले पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
नुवाकोटको विदुर नपा १२ कै ७० वर्षिय एक वृद्धले पनि दुई साता अगाडि आत्महत्या गरेका थिए । विदुर ५ माझिटारका अर्का एक वृद्धले केहि महिना अगाडि आत्महत्या गरेका थिए ।
वृद्ध उमेरमा आत्महत्या गर्नुका कारण पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । यद्यपि वृद्ध उमेरमा जीवनदेखि नै टाढा भई आत्महत्या गर्नु रहस्यमय वन्दै गएको विदुर ११ का पुर्व वडाध्यक्ष सीताराम अर्यालको भनाई छ ।











































