१८ घर पहिराको जोखिममा, १२८ घर प्रभावित
बिदुर–नुवाकोटको उत्तरी भेगमा रहेको लच्याङको तीन वस्तीका १८ घर पहिराको उच्च जोखिममा परेको छ । एकसय २८ घर पहिराले प्रभावित भएस्को छ ।

सरोकारवाला निकाय पहिरो प्रभावित सुर्यगढी गाउंपालिका १ लच्याङ पुगेर स्थलगत अध्ययन अवलोकन गरेको छ । जिल्ला विपद वयवस्थापन समितिको टोलीले पहिलो चरणमा अस्थायी वसोवासका सामग्रीहरुसमेत हस्तान्तरण गरेको छ ।

सदरमुकाम विदुरदेखि दुई घण्टाको मोटरयात्राको दुरीमा रहेको उक्त स्थानका तीन मानव वस्ती वर्खाको समयमा पहिराको जोखिममा रहेको छ । पहिरोको उच्च जोखिम रहेको सुर्यगढीको लच्याङमा आवस्यक विपद पुर्व तयारीका साथ अस्थायी घर (टेन्ट) हस्तान्तरणसंगै निर्माण गरिएको जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले जानकारी दिए ।

उनका अनुसार समितिले पहिलो चरणमो सुर्यगढी गापाका लच्याङमा २५ थान अस्थायी घर (टेन्ट) र ३० थान त्रिपाल हस्तान्तरण गरेर स्थापना गरिएको छ । यसवाट पहिरो प्रभावित नागरिकहरुलाई सुविधा पुगेको छ ।

सुर्यगढी गापा लच्याङको बुलबुले, काउले र स्याम्राङ बस्तिको १८ घरधुरी पहिराको उच्च जोखिममा रहेको समितिले जनाएको छ । यसका साथै ति वस्तीहरुको एकसय २८ घरधुरी प्रभावित भएका छन् ।

पहिराले क्षति गर्नु अगावै पुर्व तयारीका साथ ति सामग्री हस्तान्तरण गरिएको सुर्यगढी गापा अध्यक्ष शन्तवहादुर घलेले जानकारी दिए । उनका अनुसार वर्खाको समयमा सचेत भई दैनिक क्रियाकलाप गर्न गापावासीलाई आग्रह गरिएको छ ।

समितिका अध्यक्ष तथा प्रजिअ घिमिरेसहित सुरक्षाकर्मीसहितको टोलीले पहिरोग्रस्त क्षेत्रको अवलोकन गर्दै धनजनको सुरक्षामा प्रभावकारिता अपनाइएको जनाएका छन् । स्थानीय काउलेडाडास्थित निर्कुभुमे आधारभुत बिद्यालयको चौरमा अस्थायी घर (टेन्ट) निर्माण समेत गरिएकोछ ।

उक्त अस्थायी कार्यवाटै भएपनि गाउंवासीलाई राहत पुगेको वडाध्यक्ष राजकुमार तामाङको भनाई छ । बर्षातको समयमा उक्त स्थानमा पहिरोको उच्च जोखिम रहेकाले पुर्व तयारीका साथ अस्थायी घर (टेन्ट) निर्माणका साथै अन्य तयारीहरु गरिएको सुर्यगढी गापाकी उपाध्यक्ष मन्जु ढकालवुढाथोकीले वताइन् ।














































