पर्यटकिय क्षेत्रको विस्तारमा सामूहिक श्रमदान

– घ्याङस्वरामा खटिए तीनसय वढि 
लोकखबर
२०८२ श्रावण २३, शुक्रबार २०:२९

बिदुर–नुवाकोटको पुर्वी भेगमा रहेको पन्चकन्याको प्रसिद्ध घ्याङस्वाराको विकासमा सामूहिक श्रमदान गरिएको छ । सामूहिक श्रमदानमा एकैदिन तीनसय जना भन्दा वढिको सहभागता रहेको थियो ।

‘कोही भन्दा छैन कम–पालिकालाई एकदिन श्रम’ भन्ने मुल नाराका साथ पञ्चकन्या गापा –४ स्थित घ्याङस्वारा पर्यटकीय पार्क तथा खेलकुद मैदानमा शुक्रवार एक दिन सामूहिक श्रमदान गरिएको हो । पञ्चकन्या गाउँपालिका रोजगार सेवा केन्द्रद्वारा “शिक्षा, पर्यटन, पूर्वाधार, कृषि क्षेत्रमा लगाऔँ सीप र ज्ञान — समृद्ध पञ्चकन्या निर्माण हाम्रो अभियान” का साथ आयोजित एक दिने सामूहिक श्रमदानमा तीन सय जनाको सहभागिता रहेको थियो ।
सामूहिक श्रमदानमा जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, संघसंस्थाका प्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा आम सर्वसाधारणको सहभागिता रहेको थियो । सामूहिक जनश्रमदानवाटै विकास र परिवर्तन हुने भएका कारण पन्चकन्या गापाको यसको अभियान सन्चालन गरिएको गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशले वताए ।
यसलाई स्थानयि विकास, पर्यटन, स्वरोजगार तथा परिवर्तनका लागि निरन्तरता दिइने उनले वताए । सामूहिक जनश्रमदान कार्यक्रमले सबैमा सामूहिक एकता तथा अपनत्वको भावना र श्रमप्रतिको सम्मानलाई बलियो बनाएको गापाले जनाएको छ ।
कार्यक्रमका सहभागीहरूले चिया गोडमेल, सरसफाई, वाटोको मर्मतसमेत गरिएको थियो । यसले आपसी संहकार्य,  सद्भाव र भाइचाराको वातावरणलाई अझ सुदृढ बनाएको गापा उपाध्यक्ष विमला पाठककेसीको भनाई छ ।


सर्वाधिक रुचाइएको