६ ए साइड फुटवल प्रतियोगिता सुरु

– गौरेश्वर र गौरीवेशीले अंक वांढे
लोकखबर
२०८२ श्रावण २४, शनिबार २२:२८

बिदुर-फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको ईनारपाटीमा खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शनिवार भएको उद्घाटन खेलमा गौरेश्वर र गौरीवेशीले अंक वांढेका छन् ।

न्यु ईनारपाटी युवा क्लबको आयोजनामा सन्चालित प्रतियोगितामा नुवाकोटका विभिन्न १३ वटा क्लबहरुको सहभागिता रहेको छ । ईनारपाटी (महारानीडिही)को खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा गौरेश्वर धाम युवा क्लब र विदुर १२ गौरीवेशीले निधाृरित समयभित्र कुनै पनि गोल गर्न सकेनन् ।

उनीहरुले गोलरहित वरावरीमा खेल खेलेर अंक वांढेका छन् । यसअघि उक्त प्रतियोगिताको विदुर नगरपालिका ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसे र जिल्ला खेलकुद समितिका अध्यक्ष विजय गुरुङले उद्घाटन गरेका हुन् ।

फुटवल खेलले मानिसलाई अनुशासित वनाउने र समय अनुसार चलायमान हुन मद्धत गर्ने वडाध्यक्ष चालिसेले वताए । उनले खेलकुद क्षेत्रको विकासमा न्यु ईनारपार्टी युवा क्लबले निरन्तर फुटवल प्रतियोगिता आयोजना गरिरहेको जनाउंदै स्थानीय सरकारको तर्फबाट उचित सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएर अव खेल पर्यटनलाई मानयता दिइनु पर्ने वताए । उनले फुटवलको प्रवद्र्धनमा खेलाडी उत्पादनतर्फ पनि केन्द्रीत हुनुपर्ने बताए ।

नुवाकोट फुटवल संघका अध्यक्ष देवनारायण चित्रकार, विदुर नपा नगर खेलकुद समितिका संयोजक अच्युतराज महन्तगिरीलगायतले नुवाकोटमा खेल क्षेत्रलाई प्रोत्साहन र प्रवद्र्धनमा सक्रियता वढिरहेको वताए । प्र्रतियोगिताको विजेताले उपाधिसहित नगद २२ हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक क्लबले जनाएको छ ।
उपविजेताले ११ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताको फाइनल सोमवार हुने आयोजकले जनाएको छ ।

 

 


सर्वाधिक रुचाइएको