संस्कृति जोगाउन वालवालिका सक्रिय

लोकखबर
२०८२ श्रावण २४, शनिबार २३:२६

बिदुर-सदियौंदेखि परम्परा र संस्कृति जोगाउन नुवाकोटको देवीघाटका वालवालिकाहरुले सक्रियता देखाएका छन् । उनीहरुले सामूहिक अभियानमा सहभागिता जनाएका छन् ।
विदुर नगरपालिका ५ स्थित देवीघाट वाल क्लवद्वारा संस्कृति संरक्षणको अभियान सन्चालन गरेका हुन् । आफुहरुले गत वर्षको देउसी भैलो खेलेर संकलित रकम मध्येवाट लाखेनाचका सामग्रीहरु खरिद गरेको क्लवका अध्यक्ष करुण चित्रकारले जानकारी दिए ।

हाम्रो लाखे हाम्रो संस्कृति, जोगाऔं हामी सवै मिलि भन्ने नारालाई आत्मसात गर्दै उनीहरुले लाखेको मुकुट, चमर, ढोलक, लाखेले लगाउने कपडा खरिद गरेर लाखे नाच देखाउन सुरु गरेका छन् । पहिलो चरणमा ३० हजार रुपैया वरावरको लाखे नाचको सामग्री खरिद गरिएको अध्यक्ष चित्रकारले वताए ।


सर्वाधिक रुचाइएको