वेत्रावतिमा जुडो कभर्ड हल निर्माण

– मेयर श्रेष्ठले गरे उद्घाटन
लोकखबर
२०८२ श्रावण २४, शनिबार २३:४३

बिदुर-खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको वेत्रावतिमा जुडो कभर्ड हल निर्माण गरिएको छ । यसवाट खेलाडिहरुलाई सुविधा भएको छ ।

विदुर नगरपालिका–१० मा नवनिर्मित ’वेत्रावती जुडो कभर्ड हल’को कार्यक्रमकावीच विदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे । उनले खेल र खेलाडिहरुको प्रवद्र्धन, उत्थान तथा विकासमा विदुर नपा सदैव क्रियाशील रहेको वताए ।

मेयर श्रेष्ठले विदुर नपाले खेृल पर्यटनलाई प्राथमिकता दिदै विविध खेल गतिविधि वढाइरहेको र खेलाडिहरु प्रोत्साहित भइरहेकोसमेत वताए । जुडो कर्ड हल उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङ, विदुर १० कां वडाध्यक्ष गणेशकुमार नेपाललगायत खेलाडि, खेलप्रेमीहरुले कभर्ड हलको व्यवस्थापन र प्रभावकारी रुपमा सन्चालन गरिनुपर्नेमा जोड दिए ।

उक्त कभर्डहल स्थानीयबासीको पहलमा जापानीज नागरिकहरुको सहयोगमा कुल २० लाख रुपैयाको लगानीमा निर्माण सम्पन्न गरिएको हो ।
यसैवीच, विदुर नपा १० भैँसेमा ’खेल मैदान–उद्यान (पार्क)–पिकनिक स्पट, त्रिशूली नदीमा ’फिसिङ स्पट, रिभर भ्यू’ सहितको बहुउद्देष्यीय संरचनाको निर्माण कार्य गरिएको छ । सो संरचनाको विदुर नपाका मेयर राजन श्रेष्ठले स्थलगत निरीक्षण अवलोकन गरे ।

सार्वजनिक जग्गालाई संघीय सरकारको ५० लाख र विदुर नपाको ’हेभी इक्युमेन्ट’बाट एक महिनासम्म निरन्तरको कार्यमार्फत निर्माण गरिएको हो । यसवाट आन्तरिक तथा वाहय पर्यटनको वृद्धि हुने अपेक्षा विदुर नपाले गरेको छ ।

 


सर्वाधिक रुचाइएको