दुई सय विद्यार्थीलाई शैक्षिक सामग्री

– झोलासहितका सामग्री हस्तान्तरण
लोकखबर
२०८२ श्रावण २५, आईतवार १८:०९

बिदुर– विद्यार्थीहरुलाई शैक्षिक सहभागितामा प्रोत्साहन गर्ने उद्धेश्यले नुवाकोटमा एकैपटक सायैं विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । यसवाट ग्रामीण भेगका विद्यार्थीहरु अध्ययनप्रति उत्साहित भएका छन् ।

नुवाकोटको सुर्यगढीमा आइतवार आयोजित कार्यक्रममा एकैपटक दुर्य सय जना विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामग्रीहरु प्रदान गरिएको छ । कार्यक्रमकावीच संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसी, सुर्यगढि गाउँपालिका ५ का वडाध्यक्ष अच्युत ढकाललगायतले विद्यार्थीहरुलाई झोलासहितको शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

सुर्यगढी गापामा रहेका विभिन्न विद्यालयको कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत एकसय ९८ जना विद्यार्थीहरुलाई स्टेशनरीसहितको झोला बितरण गरिएको हो । यसवाट गाउंमा अध्ययनरत गरिरहेका विद्यार्थीहरुलाई अध्ययनमा रुचि जाग्नुका साथै उत्साहितसमेत भएको संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीले वताए ।

 


सर्वाधिक रुचाइएको