त्रिदेशीय सडकमार्ग सुरक्षा कार्यक्रम

– वातावरण र सौदन्र्यकरणमा जोड
लोकखबर
२०८२ श्रावण २६, सोमबार २२:०४

बिदुर–नुवाकोटको वेलका्ेटगढीमा सडक सुरक्षा कार्यक्रम सन्चालन गरिएको छ । वातावरण र सौन्दर्यकरण संरक्षणमा जोड दिइएको छ ।

कार्यक्रमअन्र्तगत बेलकोटगढी नगरपालिका–५ र ७ मा रहेको त्रिदेशयि मार्ग अन्र्तगत वरिगन्ज–गल्छी–देवीघाट–विदुर–रसुवागढी मुल सडकमार्गमा सोमवार विभिन्न प्रजातीका फुलका विरुवा रोपिएको छ । सो नपाको सक्रियतामा मुल सडकको दायाँबायाँ फुलको वोट रोपण कार्यक्रम सम्पन्न गरिएको हो ।

मुख्य सडक खण्डको दायाँबायाँ सौन्दर्यकरण बनाउने उद्धेश्यसहित विभिन्न जातका फूलको विरुवा रोपण गरिएको मेयर जगतवहादुर गुरुङको भनाई छ । मेयर गुरुङका साथै उपमेयर शिबप्रसाद दाहाल,  बेलकोटगढी  ७ नं. वडाध्यक्ष भुवनेश्वर नेपाल, कार्यपालिका, नगर सभा सदस्यहरु, कृषि शाखा, तथा नगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारी, सर्वसाधारणले फूलको विरुवा रोपण गरेका हुन् ।

सडक सुरक्षालाई ध्यान दिदै सडक सौन्दर्यकरण एंव हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणको लागी पांचसय थान फूलको विरुवा रोपण गरिएको उपमेयर शिवप्रसाद दाहालको भनाई छ । उक्त सडकमार्गको वीचमा रहेको कोल्पुटार, महादेवफांंट, तारुकाघाट, कल्चेडी, राइवस्तीलगायतका स्थानको सौन्दर्यकरण तथा वातावरण संरक्षणको उद्देश्यले गुलमोहर र ज्याकारान्डा जातका फूलको बिरुवा रोपिएको हो ।

सडक सुरक्षालाई प्राथमिकतामा राख्दै हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न फूलको विरुवा रोपण गरिएको नपाको कृषि शाखाका प्राविधिक सुन्दर श्रेष्ठको भनाई छ । यसलाई आवस्यकता अनुसार निरन्तरता दिइने वेलकोटगढी नपा कार्यालय वाघखोरले जनाएको छ ।


सर्वाधिक रुचाइएको