नुवाकोट युनाइटेड र तप्त फाइनलमा प्रवेश

– उपाधि भीडन्त मंगलवार दिउंसो 
लोकखबर
२०८२ श्रावण २६, सोमबार २२:१४

बिदुर–फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको ईनारपाटीमा जारी खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिता अन्र्तगत सोमवार सेमिफाइनल चरणका खेलहरु सम्पन्न भएको छ । प्रतियोगिताको सेमिफाइनल खेलमा आआफ्ना प्रतिस्पर्धीलाई पराजित गर्दै नुवाकोट युनाइटेड फुटवल क्लव र तप्त युवा क्लव फाइनलमा प्रवेश गरेका छन् ।

न्यु ईनारपाटी युवा क्लबको आयोजनामा सन्चालित प्रतियोगिताको सोमवार भएको पहिलो सेमिफाइनल खेलमा नुवाकोट युनाइटेडले न्यु इनारपाटी युवा क्लवलाई शुन्यका विरुद्ध एक गोलले पराजित गरेको हो । खेलमा विजयी नुवाकोट युनाइटेडका सन्तोष श्रेष्ठले निर्णायक गोल गरेर आफ्नो टिमलाई फाइनल यात्रामा पु¥याएका हुन् ।

तप्त युवा क्लव र गोरखा स्ट्रङ्ग युथ क्लववीचको दोश्रो सेमिफाइनाल खेलमा तप्तले गोरखा स्ट्रङ्गलाई पनि शुन्यका विरुद्ध एक गोलले पराजित गरि नुवाकोट युनाइटेडसंगै उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ । खेलमा तप्तका लागि इशान शाहले निर्णायक गोल गरेर आफ्नो टिमलाई उपाधि भीडन्तको ढोका खोल्न मद्धत गरे ।

प्रतियोगितामा नुवाकोटका विभिन्न १३ वटा क्लबहरुको सहभागिता रहेको थियो । ईनारपाटी (महारानीडिही)को खेल मैदानमा सन्चालन भइरहेको प्रतियोगिताको मंगलवार फाइनल खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २२ हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजक क्लबले जनाएको छ । उपविजेताले ११ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछ ।


सर्वाधिक रुचाइएको