गाउंमा परिचय पत्र शिविर
बिदुर–वृद्धवृद्धा तथा अशक्तहरुको सुविधाका लागि नुवाकोटको पञ्चकन्यामा राष्ट्रिय परिचयपत्र संकलन शिविर गरिएको छ । यसवाट सदरमुकाम विदुरसम्म जान नसकेका अशक्त, वृद्धवृद्धा तथा विरामीहरुलाई निकै सुविधा पुगेको छ ।

पञ्चकन्या गाउँपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालयको प्राविधिक सहयोगमा पन्चकन्यामा तीन दिनसम्म राष्ट्रिय परिचयपत्र शिविर गाउँपालिका कार्यालय लाकुरीभन्ज्याङ तथा वडामा सम्पन्न भएको गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशले वताए । उनका अनुसार गाउंमै राष्ट्रिय परिचयपत्र शिविर गरिदा सामाजिक सुरक्षा वापतको भत्ता तथा अन्य कार्यका लागि सहज भएको छ ।

विशेष गरि ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई प्राथमिकता दिएर पन्चकन्यामा राष्ट्रिय परिचयपत्र शिविर समपन्न गरिएको हो । सदरमुकाम पुग्न नसक्नेहरुका लागि शिविरमै विवरण संकलन गरिएको छ ।

पन्चकन्या गापाका सवै पांचवटै वडामा रहेका ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई लक्ष्यित गरि राष्ट्रिय परिचयपत्र शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाको कार्यालय परिसर र ४ नं. वडा कार्यालयमा सन्चालन गरिएको शिविरमा दुई सय ३५ जनाको राष्ट्रिय परिचय पत्र विवरण संकलन गरिएको गापाको सामाजिक सुरक्षा तथा पन्जिकरण इकाइका रोमन श्रेष्ठले जानकारी दिए ।

शिविरमा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूले विशेष प्राथमिकता दिइएको थियो । शिविरमा पांचवटै वडाका वृद्धवृद्धा, अपांगता भएका तथा अशक्त नागरिकहरुको सहभागिता रहेको थियो ।

सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता र यसको नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको हुँदा अपांगता भएका र जयेष्ठ नागरिकलाई जिल्ला प्रशासन कार्यालय विदुरसम्म धाउनु नपरोस् भनेर शिविर सञ्चालन गरिएको पन्चकन्या गापा उपाध्यक्ष विमला पाठककेसीको भनाई छ ।

यसका साथै हाल सामाजिक सुरक्षा भत्ताको नाम दर्ता र नवीकरण कार्य पनि भइरहेकाले वडामा सम्पर्क गर्न उनले आग्रह गरिएको छ । गाउँपालिकाले सहज, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न सन्चालित शिविरमा प्राविधिक तथा सेवाग्राहीहरुलाई आवश्यक सहयोग गरेको छ ।














































