गोसाइकुण्ड तीर्थ गएका वृद्ध हराए
त्रिशूली-प्रसिद्ध तीर्थस्थल गोसाइकुण्ड गएका एक जना तीर्थयात्री हराइरहेका छन् । उनको खोजीमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

गोसाइकुण्डको मेला भर्न गएका तीर्थालुहरुले बास वस्न तथा खानपिनमा महंगो भएको गुनासोे गरेका छन् । दररेट कायम गरिए पनि दररेट भन्दा वढि तिर्नु परेको तीर्थालुहरुले वताए ।

गोसाइकुण्डमा साधारण सादा खाना खाएर अस्थायी थर्पु छाप्रोमा एक रात बास वसेको एक जनाको दुई हजार पांचसय रुपैयासम्म तिर्नु परेको तीर्थालुहरुले गुनासो गरेका छन् । गोसाइकुण्डमा पुगेर कुण्डको शान्त र रमाइलो वातावरणसहित बास वस्न चाहने तीर्थालुहरुले धेरै रकम तिर्नु परेको गुनासो गरेका छन् ।

गोसाइकुण्डमा अधिकतम एक जनाले सादा खाना खाएको ६ सय रुपैया दर कायम गरिएको छ । तर, एक प्लेट खाना खाएर अस्थायी थुर्पुमा बास वसेर एक कप कालो चिया खाएको मात्रै दुई हजार पांचसय रुपैया तिर्न यात्रुहरु वाध्य भएको विदुरवाट गोसाइकुण्ड पुगेर फर्किएका विक्रम आचार्यले वताए ।
गोसाईकुण्ड गाउँपालिका–५ मा अवस्थित प्रसिद्ध गोसाईकुण्डमा प्रत्येक बषर्को जनैपूर्णिमा र गंगादशहराको अवसरमा गरि वर्षको २ पटक मेला लाग्ने गर्दछ । उक्त केण्डमा हिन्दु तथा वौद्धमार्गीहरु पुग्ने गरेका छन् ।

समुद्री सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाइकुण्ड सन् २००७ सेप्टेम्वरदेखि रामसार सुचिमासमेत सुचिकृत छ ।
प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्ड स्नान गर्न गएका एक वृद्ध तीर्थयात्रु बेपत्ता भएका छन् । बेपत्ता हुनेमा काभ्रेको धुलिखेल नगरपालिका–३ का ६० वर्षीय कृष्णबहादुर मगर रहेको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

गोसाइकुण्ड पुगेर फर्किदै गर्दा हराइरहेका वृद्ध कृष्णवहादुर मगर
उनको सोमवार वेलुकीसम्म कुनै पनि वास्तविकता पत्ता नलागेको सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले वताए । उनले हराइरहेको वृद्ध मगरको खोजीमा सुरक्षाकर्मी तथा सरोकारवाला खटिएको वताए ।

उनीसँगै गएका साथी रामकुमार ढकाल र अर्जुन विकले यही साउन २३ गते बिहान ढिम्सा र चोलाङपाटीको बीच भागबाट उनी हराएको प्रहरीमा जाहेरी दिएको कार्यालयले जनाएको छ । उनी गोसाइकुण्ड पुगेर फर्किदा वेपत्ता भएको जानकारी आएको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमले वताए ।
वृद्ध मगर ढिम्सा र चोलाङपाटीको बीचमा जङ्गलसमेत भएको स्थानवाट हराएको जानकारी पाएपछि प्रहरी निरीक्षक राजु शाहको नेतृत्वमा खोज उद्धार टोली खटाइएको प्रहरीले जनाएको छ । वृद्धको खोज र उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, सेनाको टोलीका ४५ सुरक्षाकर्मी परिचालन गरिएको छ ।

जनैपूर्णिमाको अवसरमा साताव्यापी रुपमा गोसाइकुण्डको विशेष मेला लाग्ने गरेको छ । कुण्डमा पुगेर स्नान गरेर भगवान शिवको पुजा आराधना गर्ने चलन रहेको छ ।
नागपन्चमीदेखि सुरु भई जनैपूर्णिमासम्म लाग्ने मेलामा यस वर्ष भक्तजनहरु घटेको समितिका अध्यक्ष डिएमले वताचए । उनका अनुसार वाढी पहिरो तथा मध्य वर्खाको समय नै रहेका कारण यस वर्ष कम तीर्थालु गोसाइकुण्ड पुगेका हुन् ।
उनका अनुसार यस वर्ष १० हजार भत्तजनले गोसाईकुण्डमा पुगेर स्नानका साथै शिवको पूजाआराधना गर्दै मेला भरेका हुन् । गोसाइकुण्डमा पुगेकाहरु फर्कने क्रम जारी रहेको छ ।

गोसाइकुण्ड पदमार्गमा एकसय २५ अस्थायी थर्पु, २६ होटेल तथा गोसाइकुण्डको फेदी धुन्चेमा ४० वटा होटेल रहेका छन् । मेलामा सहजताका लागि धुन्चेदेखि गोसाइकुण्डसम्म खानेकुराको विभिन्न दररेट कायम गरिएको थियो ।
धुन्चेमा सादा खाना दुई सय ५० देखि गोसाइकुण्डमा अधिकतम ६ सय रुपैया दर कायम गरिएको छ । यद्यपि, तीर्थालुहरुसंग धेरै भीडभाडको फाइदा उठाउंदै धेरै रकम असुल्ने गरिएको पाइएको चैनपुरका सोमप्रसाद अर्यालको भनाई छ ।

अस्थायी थर्पु तथा होटेलहरुले निर्धारण गरिएको भन्दा धेरै रकम लिएको गुनासो आएको गोसाइकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सन्जिव डिएमले वताए । धेरै रकम लिने अस्थायी थर्पु तथा होटेलहरुको सूचिकृत नम्वरसहित उजुरी दिएमा कारवाही गरिने उनको भनाई छ ।
गोसाइकुण्ड पदमार्गमा तर्थिालुहरुको सुविधाका लागि प्रहरी २०, सशस्त्र १८ जना, सेना ११ समेत परिचालन भएका छन् । तीर्थालुहरुको सुविधाका लागि सुरक्षाकर्मी परिचालन गरिनुका साथै स्वास्थ्य शिविर तथा घोडासमेत तैनाथ गरिएको थियो ।

गोसाइकुण्ड उच्च हिमाली क्षेत्र भएकाले मेलामा भक्तजनहरु लेक लागेर पर्न सक्ने समस्यालाई गोसाँइकुण्ड गाँउपालिका, जनस्वास्थ्य कार्यालय, रसुवा अस्पताल, हिमालय उद्घार समाज, योङ कम्युनिष्ट लिग तथा अनेरास्वबियू क्रान्तिकारी, र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ श्रीनाथगणले निःशुल्क स्वास्थ्य उपचार शिविर गरेका थिए । गोसाइकुण्डमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको उद्धार टोली समेत तयार गरि परिचालन गरिएको थियो ।

पौराणिक कथन अनुसार परापुर्व कालमा देवता र दानव वीच लडांई हुंदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा पुगेर गोसाईवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूल धाराको उत्पत्ति भई त्रिशूल धाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको र सोही नदी त्रिशूलीको नामवाट प्रसिद्ध रहेको किम्बदन्ती रहंदै आएको छ ।

प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि पासाङल्हामु मार्ग हुदै धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड, सागरकुण्ड–गोसाइँकुण्ड, नुवाकोटको दुप्चेश्वर–गोसाइकुण्ड गरी पांचवटा पदमार्ग रहेका छन् ।
काठमाडौं–विदुर–धुन्चेसम्म मोटर र त्युवाट गोसाइँकुण्ड पदमार्ग भने यात्रुहरु सबैभन्दा बढी चल्ती हुने बाटो हो । प्रत्येक वर्ष जनैपूर्णिमाको अवसरमा गोसाइकुण्डमा लाग्ने मेलामा स्थानीय होटेल तथा थर्पुहरुको सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा बारम्बार गुनासोहरू आउने गरेको रसुवा प्रशासनले जनाएको छ ।













































