फुटवलको उपाधि तप्त युवाले जित्यो

–सन्तोष भए उत्कृष्ट खेलाडि
लोकखबर
२०८२ श्रावण २७, मंगलवार २१:५४

बिदुर–फुटवल खेलको विकास र विस्तारका लागि नुवाकोटको ईनारपाटीमा सन्चालित खुल्ला ‘६’ ए साईड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको मंगलवार सम्पन्न आकर्षक फाइनल खेलमा तप्त युवा क्लवले उपाधि जितेको छ ।

प्रतियोगिताको आकर्षक, रोमान्चक र संघर्षपुर्ण फाइनल खेलमा नुवाकोट युनाइटेड युथ क्लवलाई पराजित गर्दै तप्त युवा क्लवले उपाधि उचाल्न सफल भएको हो । न्यु ईनारपाटी युवा क्लबको आयोजनामा सन्चालित प्रतियोगिताको फाइनल खेलमा राजाराम चित्रकारको एकमात्र निर्णायक गोलको मद्धतले तप्त युवा क्लवले उपाधि कव्जा गरेको हो ।

फाइनल खेल निकै सनसनीपुर्ण र आकर्षक भएका कारण दर्शकहरुले हुटिङ गरेका थिए । प्रतियोगितामा नुवाकोट युनाइटेडका सन्तोष श्रेष्ठ उतकृष्ट खेलाडिका रुपमा पुरस्कृत भए ।

उपाधि विजेता तप्त युवा क्लवका मनिष प्याकुरेल उत्कृष्ट गोलरक्षक र न्यु इनारपाटी युवा क्लवका प्रदीप हमालले हाइ स्कोररको पुरस्कार थापे । विजेता तथा उपविजेतालाई विदुर नपा ६ का वडाध्यक्ष श्यामकृष्ण चालिसेले पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे ।

उनले खेलवाट मानव जीवनमा सकारात्मक परिवर्तन हुनुका साथै यसले अनुशासन सिकाउने वताए । पुरस्कार वितरण कार्यक्रममा विदुर ६ का वडा सदस्यहरु रामचन्द्र पौडेल, रुपक कुमाल, फुटवल संघ वागमतिका सदस्य रामकुमार कोइरालालगायते पुरस्कार वितरण गरे ।

प्रतियोगितामा नुवाकोटका विभिन्न १३ वटा क्लबहरुको सहभागिता रहेको थियो ।  ईनारपाटी (महारानीडिही)को खेल मैदानमा सन्चालित प्रतियोगिताको विजेता तप्त युवा क्लवले उपाधिसहित नगद २२ हजार २ सय २२ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।

उपविजेता नुवाकोट युनाइटेड युथ क्लवले ११ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार थापेको छ । फुटवल खेलको विस्तार र खेलाडि पहिचानका लागि प्रतियोगिता सन्चालन गरिएको आयोजक क्लवका धिरज सापकोटाले जानकारी दिए ।


सर्वाधिक रुचाइएको