प्रहरीलाई विपद नियन्त्रणका सामग्रीहरु

–म्यागङले दियो विपद नियन्त्रका सामग्री तीन प्रहरीचौकीलाई
लोकखवर विशेष संवाददाता
२०८२ श्रावण २७, मंगलवार २२:०६

बिदुर–वर्खाको समयमा विपद नियन्त्रण तथा न्युनीकरण गर्ने उद्धेश्यले नुवाकोटको पश्चिमी भेग म्यागङमा प्रहरीलाई विपद न्युनीकरणका सामग्रीहरु प्रदान गरिएको छ । यसवाट गाउंका प्रहरीहरुलाई विपद नियन्त्रण तथा न्युनीकरणको कार्य गर्न मद्धत पुगेको छ ।

म्यागङ गाउंपालिका कार्यालयले आफ्नो क्षेत्रमा रहेको तनि वटा प्रहरी चौकीहरुलाई एकैपटक विपद न्युनीकरणका विभिन्न सामग्रीहरु प्रदान गरेको हो । म्यागङ गापा ३ स्थित देउराली, म्यागङ ४ स्थित किम्ताङ र म्यागङ ५ स्थित सामरी प्रहरी चौकीलाई मनसुनजन्य विपद् जोखिमको पूर्व तयारीको लागि विपद न्युनीकरणका सामग्रीहरु प्रदान गरिएको गापा अध्यक्ष आशावहादुर तामाङले जानकारी दिए ।


उनका अनुसार यसवाट प्रहरीलाई वर्खाको समयमा विपद नियन्त्रण तथा न्युनीकरणको कार्य गर्न सरल भएको छ । वितरण गरिएका सामग्रीहरुमा सेफ्टी डोरी, सेफ्टी हेलमेट, सेफ्टी गमवुट, टर्चलाइट, रेनकोटलगायत सात प्रकारका विपद न्युनीकरणका सामग्रीहरु रहेका छन् ।

तीन वटा प्रहरी चौकीलाई प्रमुख प्रशासकिय अधिकृत अनीलकुमार श्रेष्ठ, शिक्षा अधिकृत देवकी सिम्खडा, अधिकृत फुलमाया खजुमलगायतले ति सामग्रीहरु हस्तान्तरण गरेका हुन् । विपद न्युनीकरणका सामग्रीहरुलाई प्रभावकारी रपमा सदुपयोग गरेर जनहितमा कार्य गर्न प्रमुख प्रशासकिय अधिकृत अनीलकुमार श्रेष्ठको सुझाव रहेको छ ।


सर्वाधिक रुचाइएको