विरामी युवकलाई आर्थिक सहयोग

– अस्पतालमा पुगेर हस्तान्तरण
लोकखबर
२०८२ श्रावण २८, बुधबार २०:११

बिदुर–नुवाकोटको दुप्चेश्वरका एक जना विरामी युवकलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । सामाजिक रुपमा व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गरिरहेका छन् ।
दुप्चेश्वर गाउँपालिका ६ बोकेढुङ्गाका २३ वर्षिय युवक सरोज थापा त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रक्त क्यान्सरको उपचार गराइरहेका छन् । उनको उपचारमा सहयोगमा लागि आर्थिक सहयोग संकलन अभियान नै सन्चालन गरिएको छ ।
स्वास्थ्य, शिक्षा र सामाजिक गतिविधि गरिरहेको यशोदादेवी/भगवानसिंह केसी मेमोरियल ट्रस्टका सदस्यहरूबाट संकलित ४३ हजार रुपैया वुधवार अस्पताल पुगेर प्रदान गरिएको ट्रष्टका सहसचिव सरोज केसीले जानकारी दिए । वालक थापाको स्वास्थ्य उपचार वुझ्न वुधवारै प्रतिनिधि सभा सदस्य अर्जुननरसिह केसी अस्पताल पुगेर उनको स्वास्थय अवस्थावारे जानकारी लिएका छन् ।

आर्थिक अवस्था कमजोर रहेका वालक थापाको उपचारका लागि आर्थिक सहयोग संकलनका लागि दुप्चेश्वरवासीले सरोज थापा वचाउ अभियान नै सन्चालन गरेका छन् । वालक थापाको वोनम्यारो रक्त क्यान्सरको उपचार भइरहेको छ ।


सर्वाधिक रुचाइएको