छात्रछात्राको फुटसल प्रतियोगिता

– खेलाडिको एक/एकलाखको विमा, विजेतालाई नगद पुरस्कार दिइने
लोकखबर
२०८२ श्रावण २८, बुधबार २०:१७

बिदुर–विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलप्रति जागरुक गराउने उद्धेश्यले नुवाकोटको वट्टारमा जिल्लास्तरिय फुटसल प्रतियोतिा सन्चालन गरिएको छ । खेल अवधिभर खेलाडिहरुको विमा गरिएको छ ।

नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा चौथो एनयुएफसी जिल्लास्तरिय छात्र तथा छात्रा अन्तर विद्यालयस्तरिय फुटसल प्रतियोगिता शुरु भएको हो । विदुर नपा–४ बट्टारस्थित फुटसलमा सुरु भएको उक्त प्रतियोगिताको विदुर नपाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे ।

खेलले विद्यार्थी जीवनदेखि नै सकारात्मक परिवर्तनशील वताउने र अनुशासनसमेत कायम हुने भएका कारण नियमपुर्वक खेल कौशल प्रदर्शन गर्न उनले विद्यार्थी खेलाडिहरुलाई आग्रह गरे । खेल र खेलाडिहरुको विकासका लागि विदुर नपाले खेल गतिविधिलाई प्राथमिकता दिएकोसमेत मेयर श्रेष्ठले वताए ।

कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा वोगटीले खेलवाटै पहिचान, प्रतिष्ठा र अनुशासन प्राप्त गर्न सकिने वताइन् । पछिल्लो समय नुवाकोटमा खेल पर्यटनमा वढोत्तरी भइरहेको उनको भनाई छ ।

प्रतियोगितामा १२ स्थानीय तह रहेको नुवाकोटका विभिन्न ३३ विद्यालयबाट ३६ छात्र र १४ छात्रा टिमसहित चार सय जना खेलाडिहरुको सहभागिता रहेको छ । सवै खेलाडिहरुको जनही एक÷एक लाखको विमा गरिएको आयोजक नुवाकोट युनाइटेड फुटबल क्लबका रामकुमार कोइरालाले जानकारी दिए ।

खेल उदघटन कार्यक्रममा विदुर नपा १ का वडाध्यक्ष लेनिन रञ्जित, नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष बिजय गुरुङ, विदुर नगर खेलकुद विकास समितिको संयोजक अच्युतराज महन्तगिरीलगायतले सहभागी विद्यार्थी खेलाडिहरुलाई अनुशासित भएर स्वच्छ प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रस्तुति देखाउन आग्रह गरे । कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी खेलाडी, सर्वसाधारणको सहभागिता रहेको थियो ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिता अन्र्तगत वुधवार वेलुकीसम्म पहिलो चरणका १२ खेलहरु सम्पन्न भइसकेका छन् । प्रतियोगिताको फाइनल खेल यहि भदौ ३१ गते हुने आयोजकले जनाएको छ । विजेता र उजविजेताले नगदसहित मेडल ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ ।


सर्वाधिक रुचाइएको