स्कुले वालकलाई खोलाले वगायो
–खोजीमा आफन्त तथा गाउंले
बिदुर–नुवाकोटको छिमेकी रसुवाको नौकुण्डमा स्थानीय खोलाले वगाउंदा एक जना वालक वेपत्ता भएका छन् । उनको खोजीमा आफन्त तथा गाउंले खटिएका छन् ।
रसुवा दक्षिणपुर्वी भेगमा रहेको नौकुण्ड गाउँपालिका–५ र ६ को सिमानामा रहेको माङसे खोलाले बगाउँदा एक जना स्थानीय बालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय विद्यालयमा अध्ययनरत सुनील लोप्चन स्थानीय खोलामा आएको भलवाढीले वगाई वेपत्ता भएको प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार वुधवार विद्यालयको कक्षाको पढाई सकिएपछि सुनील आफ्नी आमासँगै घर फर्कने क्रममा आकस्मिक रूपमा बढेको माङ्से खोलाको पानीले बगाएको हो । घटनास्थलमा आफन्त तथा गाउंले खटिएका छन् ।










































