दुप्चेश्वरमा सन्ध्या आरतीका लागि सहयोग

– आजीवन सहयोग गर्ने घोषणा
लोकखबर
२०८२ श्रावण २९, बिहीबार १९:४९

बिदुर–प्रसिद्ध तीर्थस्थल दुप्चेश्वर धाममा सनध्या आरतीका लागि सहयोग प्राप्त भएको छ । सहयोग गर्ने परिवारलाई सम्मानित गरिएको छ ।

हिन्दु तथा वौद्धमार्गीको लागि मुल तीर्थस्थल वन्दै गइरहेको दुप्चेश्वर पशुपतिको पर्यायको रुपमा रहदै आएको छ । दुप्चेश्वर गाउँपालिका ६ करेजुङको पहरामा रहेको दुप्चेश्वरमा विशेष गरि प्रत्येक साउन, धान्य पुर्णिमा, शिवरात्री, सोमवार पुजाआजा हुदै आएको छ ।

स्थानीय समुन्द्रटारका युवा सामाजिक अगुवा दिलकुमार श्रेष्ठले दुप्चेश्वर धाममा रहेको मन्दिरमा सन्ध्या आरतीका लागि आर्थिक सहयोग गरेका छन् । उनलाई दुप्चेश्वर गाउंपालिका तथा दुप्चेश्वर विकास कोसले सम्मानित गरेको छ ।

श्रेष्ठले प्रत्येक बर्ष साउन महिनाको अंन्तिम सोमबार सन्ध्या आरतीका लागि कर्ता वनेर ५५ हजार पाँचसय ५५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । यस वर्षको रकम कार्यक्रमकावीच उनले हस्तान्तरण गरे ।

श्रेष्ठ र उनका परिवारजनलाई दुप्चेश्वर गापा तथा दुप्चेश्व विकास कोसका अध्यक्ष शंकरवहादुर थापालगायतले सम्मान पत्र प्रदान गरेर सम्मानित गरेका छन् श्रेष्ठले दुप्चेश्वर धामको संरक्षण, सम्वद्र्धन, विकास र सन्ध्या आरतीको लागि आजीवन ५५ हजार ५ सय ५५ रुपैया प्रत्येक वर्षको साउनको अन्तिमा सोमवार प्रदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

दुप्चेश्वरको महत्व, संस्कृति र पहिचानको प्रवद्र्धन र निरन्तरताका लागि आफुले आजीवन सहयोग गर्ने युवा दिलकुमार श्रेष्ठले वताए । यातायातको सहजतकाा कारण दुप्चेश्वरमा काठमाडौ, नुवाकोट, रसुवा, धादिङ, चितवनका साथै देशका विभिन्न स्थान र छिमेकी भारतवाटसमेत तीर्थालुहरु आउने गरेको दुप्चेश्वर विकास कोसका कोषाध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिए ।

 


सर्वाधिक रुचाइएको