वृद्धाश्रमलाई गाई दान

बिदुर–नुवाकोटको वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुका लागि पोषिलोका लागि दुधालु गाई उपलव्ध गराइएको छ । देवीघाटस्थित वृद्धाश्रममा एक जना अधिकृतले जन्मदिन मनाएका छन् ।
विदुर नगरपालिका ५ देवीघाटस्थित देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित वृद्ध बाआमाहरूलाई पोषिलो, स्वच्छ र शुद्ध दूध उपलब्ध गराउने उद्देश्य र आवश्यकता अनुसरा नुवाकोटकै तारकेश्वर गाउँपालिका २ तारुकाबेसीका दीपक अधिकारीले एक थान दुधालु गाई दान गरेका हुन् । युवा सामाजिक अगुवा अधिकारीले उक्त प्रतिष्ठानमा रहेका वृद्धवुद्धाहरुलाई पोसिलो दूध उपलब्ध गराउने उद्देश्य र आवश्यकतालाई ध्यान दिँदै एउटा उननत जातको गाई खरिद गरेर प्रतिष्ठानलाई दान दिएका हुन् ।
गाइसहित प्रतिष्ठान पुगेर अधिकारीका पिता केशव अधिकारीले उक्त उन्नत जातकोे गाई प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललाई हस्तान्तरण गरे ।
अधिकारीले उक्त गाई तारकेश्वरको भमरा निवासी ईश्वर अर्यालसँग एकलाख रुपैया खरिदमा गरि प्रतिष्ठानलाई हस्तान्तरण गरेका हुन् । उक्त गाईले दैनिक १० लिटरसम्म दुध दिने प्रतिष्ठानले जनाएको छ ।
यसैवीच, उक्त वृद्धाश्रममा पुगेर जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्रीकृष्ण वानियाले वृद्धवृद्धाका दैनिक खानाका लागि आर्थिक सहयोग गरेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका घर भई राष्ट्रसेवक कर्मचारीको रुपमा जिल्ला प्रहरी कायाृलय नुवाकोटमा कार्यरत वानियाले आफ्नो ३१ औं जन्मदिनको अवसरमो परिवारसहित शुक्रवार उक्त वृद्धाश्रम पुगेर भोजनको लागि व्यक्तिगत रुपमा १० हजार रुपैया आर्थिक सहयोग गरेका छन् ।
वानियाले ३९ जना वृद्ध बाआमाहरूलाई मिष्ठान्न भोजनहरु केरा, अनार, बिस्कुटलगायतका सामग्रीहरुप्रदान गरे । उनले आफुले सामाजिक भावनाले वृद्धाश्रमममा पुगेर वृद्धवृद्धासंग जनमदिन मनाउन पाउंदा थप उत्साह तथा उर्जा मिलेको वताए ।
वानियाद्वारा प्दान गरिएको आर्थिक सहयोगले उक्त वृद्धाश्रमले मिष्ठान्न भोजनको ब्यबस्थापन गरि वृद्ध बाआमाहरूलाई भोजन गराएको छ । नुवाकोटको एकमात्र सुविधायुक्त उक्त प्रतिष्ठान निर्माण तथा संरक्षणका लागि नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह लगायतका अन्य सरकारी, गैह्र सरकारी तथा विभिन्न व्यक्तिगत रुपमा सहयोग प्राप्त हुँदै आएको अध्यक्ष विष्णुप्रसाद नेपालको भनाई छ ।