विपन्न विद्यार्थीका परिवारलाई जिविकोपार्जन कार्यक्रम

– ८० घर परिवारलाई आयआर्जनका सामग्रीहरु हस्तान्तरण
लोकखवर विशेष संवाददाता
२०८२ श्रावण ३०, शुक्रबार १९:३२

बिदुर–आयआर्जन गरि आत्मनिर्भर वनाउने उद्धेश्यले नुवाकोटको पुर्वी भेगमा विपन्न विद्यार्थीका परिवारलाई जिविकोपार्जन कार्यक्रम सन्चालन गरिएको छ । स्थानीय सामुदायिक विद्यालयमा अध्ययनरत पन्चकन्या र दुप्चेश्वर गाउंपालिकाका विपन्न विद्यार्थीका परिवारलाई ति सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

उक्त दुई गापामा सन्चालित एकिकृत सामुदायिक विकास कार्यक्रम अन्र्तगत एकहजार तीन सय ६७ जना विपन्न विद्याथीहरु अनुवन्धित भएका छन् । जसमध्ये पन्चकन्या गापाका पांचसय ६५ र अन्य वांकी दुप्चेश्वर गापाका विपन्न वालवालिका रहेका छन् ।

उक्त कार्यक्रम अनर्तगत आठदेखि १८ वर्ष उमेरसम्मका वालवालिका समावेश गरिएको छन् । ति वालवालिकाहरुलाई वितेको पांच वर्षदेखि वार्षिक रुपमा पोशाक, स्टेशनरी सामान, औषधिउपचार, स्वास्थ्य परिक्षण उपलव्ध गराइएको एकीकृत सामुदायिक विकास परियोजना कार्यक्रमले जनाएको छ ।

ति विद्यार्थीमध्ये ८० परिवारलाई जिविकोपार्जन सुधारका लागि कृषि कार्यक्रम, पशुपालन तथा भेटेरिनरी सेवा प्रदान गरिएको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए । उनका अनुसार विपन्न परिवारलाई हस्तान्तरण गरिएका सामग्रीहरुमा नौ थान माहुरीसहितको घार, प्लास्टिक टनेल, हजारी, स्प्रेयर, गार्डेन पाइप, बीउ बिजन जस्तापाता, ग्याल्वोनाइज्ड तारजाली, छाताकिल्ला, सिमेन्टलगायतका सामान तथा उपकरणहरू रहेका छन् ।

यसवाट उनीहरुको जिविकोपार्जन तथा आयआर्जनमा मद्धत पुग्ने अपेक्षा गरिएको छ । दुप्चेश्वर र पन्चकन्यामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत दुप्चेश्वर गापाको रामती, सिम्ताङ, करेजुङ, शिखरबेशी, गोल्फुभन्ज्याङ, राउतबेसीका ५९ जना र पञ्चकन्या गापाको घलेभञ्ज्याङ, मजुवा र थप्रेकका २१ जना गरी कुल ८० जना विपन्न बालवालिकाका अभिभावकहरुलाई तरकारी खेती, माहुरी पालन र गोठ सुधारका लागि ति सामग्रीहरु हस्तान्तरण गरिएको हो ।

गाउंमै पुगेर ति सामग्ीहरु पन्चकन्या गापाका अध्यक्ष तेजवहादुर तामाङ रमेश, उपाध्यक्ष विमला पाठक केसी तथा दुप्चेश्वोर गापा अध्यक्ष शंकरवहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, सम्वन्धित वडाका वडाध्यक्षहरुका रुडेक नेपालको अध्यक्ष मीनकुमार केसीले हस्तान्तरण गरेका हुन् । विपन्न विद्यार्थीका घर परिवारले ति सामग्रीहरु प्रभावकारी रुपमा सदुपयोग गरेर आयआर्जन र जिविकोपार्जनमा उपभोग गर्न सुरु गरेका छन् ।

हस्तान्तरण गरिएका ति सामग्रीहरु १३ लाख रुपैया वरावरको रहेका छन् । ति सामग्रीहरु गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र रुडेक नेपालको व्यवस्थापनमा हस्तान्तरण गरिएको हो ।


सर्वाधिक रुचाइएको