मानव बस्तीमाथिको ढुंगो फुटाउन सुरु
बिदुर–नुवाकोटको उत्तरी भेगमा रहेको वाह्रविसेमा मानव बस्तीमाथिको ठुलो ढुंगो निरन्तर झरिरहेको कारण त्यसलाई फुटाउन सुरु गरिएको छ । भीमकाय ढुंगो फुटाउन प्राविधिकसहित दैनिक १० जना परिचालन भएका छन् ।

निरन्तर गाउतीर झरिरहेको उक्त भीमकाय ढुंगोका कारण तल रहेका मानवबस्ती झण्डै एक महिनादेखि निदाउन सकेका थिएनन् । मानवसहित बस्तीको सुरक्षाका लागि उक्त ढुंगो फुटाउन सुरु गरिएको तादी गापा अध्यक्ष सन्तमान तामाङले जानकारी दिए ।

तादी गाउंपालिका ४ बाह्रबिसे बस्ती माथिको उक्त ढुङ्गो वर्षात्ले निरन्तर सरिरहेको कारण कम्प्रेशर, ड्रिल मेशिनका साथै, जाली, तेल, डोरीलगायतका सात प्रकार उपकरणसहितका सामान लिएर दैनिक रुपमा निरन्तर फुटालन सुरु गरिएको गापा विपद व्यवस्थापन समितिका अध्यक्षसमेत रहेको गापा अध्यक्ष तामाङले वताए । बस्तीतर्फ झर्दै गरेको ढुंगाको व्यवस्थापनका लागि जिल्ला बिपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहितको टोलीले गत साता स्थलगत अध्ययन गरेको थियो ।

उक्त समितिलाई पालिका बिपद व्यवस्थापन समितिकाका अध्यक्ष तथा तादी गापा अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा वसेको वैठकले ढुंगाको फुटाएर वयवस्थापन गरि तलतिर रहेको मानव बस्ती सुरक्षित गर्ने निर्णय गरेको थियो ।
समितिका अध्यक्ष तथा प्रजिअ घिमिरेको समन्वयमा त्रिशूली थ्रिवि जलविद्युत आयोजनाबाट विशेष उपकरणसहितको टोलीले ढुंगा चट्टान फुटाउने काम भइरहेको तादी गापा कायाृलय खरानीटारले जनाएको छ ।

विशेष मेशिन उपकरण र जनशक्तिले एक सातामा उक्त ढुंगा फुटाउने जनाएको छ । गाउंपालिकाको खर्चमा उक्त ढुंगो फुटाएर व्यवस्थान गर्न झण्डै २५ लाख रुपैया खर्च हुने अध्यक्ष तामाङले वताए ।

ढुंगो फुटाउन सुरु गरेपछि स्थानीयवासीहरुले चैनको स्वास फेरेका छन् । समयमा जोखिम नियन्त्रण सुरु गरिएकोमा गाउंवासी निकै खुसी भएको वडाध्यक्ष अश्विनकुमार पाण्डेले वताए । यसअघि, उक्त स्थलमा पुगेर जिल्ला विपद व्यवस्थापन समिति तथा जनप्रतिनिधिसहितको टोलीले स्थलगत निरीक्षण तथा अवलोकन गरेर ढुंगा फुटाउनु नै एकमात्र विकल्प रहेको ठहर गरेको थियो ।

वर्षात्का कारण उक्त ढुंगो एक फिट तल सरेको थियो । फुटाउन थाल्नु भन्दा अगाडि पनि निरन्तर सरिरहेको थियो ।
मानव वस्तीदृखि दुई समय मिटर माथि रहेको उक्त ढुंगो सर्दै गरेको र वरिपरिका जमिनसमेत चिरा परेको कारण फुटाएर त्यसलाई व्यवस्थापन सुरु गरिएको गापा कायाएलय खरानीटारले जनाएको छ । उक्त भीमकाय ढुंगोदेखि दुई सय मिटर तल मानव वस्ती रहेको छ ।

ढुंगो सर्दै गरेपछि स्थानीय ६ घर परिवार एक महिनादेखि तनावमा रहेका थिए । ढुंगो फुटाउनु अगाडि तल रहेका मानव वस्तीहरु निदाउनसमेत नपाएको गापा अध्यक्ष तामाङले वताए ।

स्थानीयवासीले ढुंगो झरिरहेका कारण तल रहेका घरका मानिसहरु आलोपालो गरेर राती पालो पहरा गर्ने गरेका थिए । उक्त भीमकाय ढुंगोदेखि तलको वस्ती जोखिमपुर्ण रहेका कारण फुटाएर व्यवस्थापन नगरेसम्म जोखिमपुर्ण घरमा नवस्न आग्रह गरिएको छ ।

कतिपयले अस्थायी रुपमा ढुंगोदेखि सुरक्षित स्थानमा पुगेर रात कटाउन थालेका छन् । उक्त ढुंगो झर्दै गरेको कारण फुटाउने कार्यसमेत निकै जोखिमपुर्ण रहेकाले आवतजावत गर्दासमेत सचेत रहन आग्रह गरिएको वडाध्यक्ष अस्विनकुमार पाण्डेको भनाई छ ।

वर्खाको समयमा आम सर्वसाधारणलाई निकै सचेत हुने आग्रह गरिएको पाण्डेले वताए । तादी नुवाकोटको पर्यटकिय स्थान हो ।











































