बढ्यो पेट्रोलको मुल्य

– डिजेल र मट्टितेलको घट्यो
लोकखबर
२०८२ श्रावण ३०, शुक्रबार २३:०२

बिदुर–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्यमा समायोजन गरेको छ । निगमर्ले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

निगमले भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूचीको आधारमा शुक्रबार उक्त समायोजन गरेको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको विज्ञप्तिमार्फत जनाएको छ ।

डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर १ रुपैयाँले घटाएको छ । नयाँ मूल्य परिवर्तन शनिबार मध्यरातीदेखि लागू हुने निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ रुपैयाँ कायम भएको छ । नेपाल आयाल निगमले प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्दै आइरहेको छ ।


सर्वाधिक रुचाइएको