अस्पताललाई झोला प्रदान

–सुत्केरी तथा नवजात शिशुलाइृ प्रभावकारी
लोकखबर
२०८२ श्रावण ३०, शुक्रबार २३:०५

बिदुर–सुत्केरी तथा नवजात शिशुको सुविधाका लागि नुवाकोटको त्रिशूली अस्पताललाई सुत्केरी झोला प्रदान गरिएको छ । यसवाट अस्पतालमा सुत्केरी भएका आमा र शिशुलाई सहज हुने भएको छ ।

विदुर नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीलाई सुत्केरी आमा र नवजात शिशुलाई उपयोगी हुने  न्यानो झोला प्रदान गरेको हो । झो हस्तानतरण गदैै मेयर राजन श्रेष्ठले यस न्यानो झोलावाट प्रभावकारी प्रशुती सेवाका साथै नवजात शिशु र आमालाई सुरक्षा योजनामा मद्धत पुग्ने वताए ।
विदुरमा आयोजित कार्यक्रममा त्रिशूली अस्पतालका अध्यक्ष उपेन्द्र वुढाथोकी, अस्पतालका निर्देशक डा. राजेन्द्र लामालाई  सुत्केरी आमा र नवजात शिशुलाई उपयोगी हुने  दुई सय थान  न्यानो झोला हस्तान्तरण गरिएको हो । झोला हस्तान्तरण कार्यक्रममा उपमेयर प्रभा बोगटी,  १० का वडाध्यक्ष गणेशकुमार नेपाल, १२ का वडाध्यक्ष उपिन्द्र खड्क,  निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद प्याकुरेल, जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीलगायतले यसको प्रभावकार िउपयोगितामा जोड दिए ।


सर्वाधिक रुचाइएको