तामाङ भए रसुवावाट तेश्रो मन्त्रि

–दोश्रो प्रयासमा आर्थिक मामिलामन्त्रि भए
देवचन्द्र भट्ट
२०८२ श्रावण ३०, शुक्रबार २३:१०

बिदुर–हिमाली रसुवा जिल्लाले सांढे दुई दशकपछि मन्त्रि पाएको छ । मुख्यमन्त्रि इन्द्रवहादुर वानियाको नेतृत्वको वागमति प्रदेश सरकार शुक्रवार दोश्रो पटक मन्त्रि मण्डल विस्तार भएसंगै रसुवाका प्रभात तामाङ आर्थिक मामिला तथा योजनामन्त्रि भएका छन् ।

तामाङ यससंगै रसुवावाट मन्त्रि हुने तेश्रो व्यक्तिमा समेत दर्ज भएका छन् । यसअघि, रसुवावाट प्रतिनिधि सभामा निर्वाचित रामकृष्ण आचार्य र दिलवहादुर  (डिवी) लामा मन्त्रि भएका थिए ।
आचार्य तीन दशक अगाडि विज्ञान तथा प्रविधिमन्त्रि र लामा २५ वर्ष अगाडि सामान्य प्रशासन सहायकमन्त्रि भएका थिए । आचार्य २०४८ र २०५१ तथा लामा २०५६ सालको आम निर्वाचनमा रसुवावाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।
हाल दुवै जना पुर्वमन्त्रिको निधन भइसकेको छ । डिवी लामाको जन्मथलो भने नुवाकोटको गेर्खु हो ।
आचार्य र लामापछि रसुवावाट प्रदेश सभा १ वाट निर्वाचित भएका ४८ वर्षिय प्रभात तामाङले रसुवाको तेश्रो मन्त्रि हुने अवसर पाएका हुन् । आर्थिक मामिला तथा योजनामन्त्रिका रुपमा शुक्रवार सपथ खाएका तामाङ रसुवाको गोसाइकुण्ड गाउंपालिका भार्खुका स्थायी वासिन्दा हुन् ।
२०७० सालदेखि कांग्रेसको राजनीतिमा क्रियाशील मन्त्रि तामाङ हाल कांग्रेसको महासमिति सदस्यसमेत हुन् । मुख्यमन्त्रि वानियाको मन्त्रिमण्डलमा मन्त्रि तामाङ आठौं वरियतामा रहेका छन् ।
मन्त्रि तामाङ कांग्रेस संस्थापन पक्षधर मानिन्छन् । उनले एक वर्ष अगाडि नै पुर्व मुख्यमन्त्रि वहादुरसिंह लामातामाङको नेतृत्वमा वागमति प्रदेश सरकारको मन्त्रिमण्डलमा मन्त्रि हुने आकाक्षा राखे पनि हुन सकेका थिएनन् ।
एक वर्षपछि तामाङ वागमति प्रदेश सरकारको आर्थिक वागडोर सम्हाल्ने मन्त्रालयको  जिम्मेवारीमा पुगेका हुन् ।  मन्त्रि तामाङ पर्यटन, आर्थिक विकास तथा परिवर्तन पक्षधर नेताको रुपमा रसुवावासीमाझ चिनिएका छन् ।
उनको कार्यकालमा रसुवाको पर्यटन तथा विकासका लागि काम गर्ने अवसर जुटेको कालिका गाउंपालिका अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य हरिकृष्ण देवकोटाको भनाई छ । मन्त्रि तामाङले देशकै राजधानी रहेको वागमति प्रदेशको विकास र परिवर्तनका लागि काम गर्ने अवसर पाएको रसुवावासीका लागि महत्वपुर्ण रहेको वताए ।


सर्वाधिक रुचाइएको