विद्यालय हिंडेका वालिकाहरु हराए

–विद्यालय, घर कतै पनि पुगेनन्
लोकखबर
२०८२ श्रावण ३१, शनिबार १५:५८

बिदुर– नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको दुप्चेश्वर गाउंपालिकाका दुई स्कुले वालिका दुई दिनदेखि हराइरहेका छन् । उनीहरुको खोजीमा जनशक्ति परिचालन गरिएको छ ।
दुप्चेश्वर गापा ३ कल्लेरीस्थित घरवाट पढ्नका लागि शुक्रवार विहान दुप्चेश्वर गापा ६ समुन्द्रटारस्थित रुकमिणी मावि समुन्द्रटार हिडेका दुई जना स्कुले वालिकाहरु व्खवर रहेका छन् । घरवाट विद्यालय जान्छु भनेर निस्किएका उनीहरु विद्यालय नै नआइपुगेको विद्यालयले जनाएको छ ।

उनीहरुको खोजी अभियान सन्चालन गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले जानकारी दिए । उक्त विद्यालयको कक्षा ४ मा अध्ययनरत ९ वर्षिया अनिशा विक र कक्षा २ मा अध्ययनरत १० वर्षिया रुपा तामाङ शुक्रवारदेखि हराइरहेको कारण उनीहरुको खोजीमा आफन्तजन, जनप्रतिनिधि, प्रहरी तथा सर्वसाधारण क्रियाशील भएको स्थानीय युवा सामाजिक अगुवा राजकुमार श्रेष्ठले वताए ।
घरदेखि एक घण्टाको पैदल दुरीमा रहेको उनीहरु अध्ययनरत विद्यालयको वीचको स्थान तथा समुन्द्रटार वजार र उनीहरुको घर आसपास खोजी कार्य तिव्र पारिएको विद्यालयका अध्यक्ष हरिवहादुर थापाले जानकारी दिए । उनका अनुसार वालिकाका परिवारजनले शनिवार मात्र विद्यालयलाई जानकारी गराएपछि उनीहरु शुक्रवार विद्यालय नै नआएको पाइएको छ ।
दुई दिनदेखि हराइरहेका दुई जना वालिकाको सम्वन्धमा जानकारी पाएका वा देख्ने हुने व्यक्तिले नजिकैको प्रहरी चौकी, दुप्चेश्वर गापा कार्यालय वा विद्यालयमा खबर गरिदिनु हुन अनुरोध गरिएको दुप्चेश्वर गापा अध्यक्ष शंकरवहादुर थापाले जानकारी दिए । उनीहरुको खोजीलाई तिव्र पारिएको छ ।


सर्वाधिक रुचाइएको