स्वंसेविकाहरुलाई आंखा सम्वन्धि अभिमुखिकरण
बिदुर–सामुदायिक स्वास्थय स्वंसेविकाहरलाई आंखा उपचार विद्यिका सम्वन्धमा जानकारी दिइएको छ । जसअन्र्तगत सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुलाई पहिलो पटक आंदखा उपचार सम्वन्धि प्रशिक्षण दिइएको छ ।

विदुर नगरपालिका नुवाकोट र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटसंगको सहजिकरणमा नेपाल आखा कार्यक्रम, तिलगंगा आखा प्रतिष्ठान काठमाडौँको आयोजना तथा सामुदायिक आँखा केन्द्र नुवाकोटको व्यवस्थापनमा महिला स्वास्थ्य स्वयंम सेविकाहरुको लागी विदुरमा एक दिने आधारभूत आँखा उपचार तालिम समपन्न भएको छ । उक्त तालिमको उद्घाटन गर्दै विदुर नपाकी उपमेयर प्रभा बोगटीले आंखाको महत्व जविनमा निकै ठुलो रहेको र यसको स्याहार, संरक्षण र उपचारमा कुनै पनि कसर वांकी राख्न नहुने वताइन् ।

कार्यक्रममा रेडक्रस नुवाकोट शाखा सभापति हरि श्रेष्ठसहित पदाधिकारीहरु सामुदायिक आँखा केन्द्र नुवाकोटको प्रमुख ताराबहादुर वाइवा, विदुर नपा स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारी लगायतले आंखाको स्याहार र संरक्षणमा सवैले ध्यान दिनु पर्ने वताए । कार्यक्रममा विदुर नपाका सामुदायिक स्वास्थ्य स्वंसेविकाहरुको सहभागिता रहेको थियो ।












































