पन्चकन्यामा चिया खेति सन्चालन

–घ्याङस्वारामा नर्सरी स्थापना
लोकखबर
२०८२ भाद्र १, आईतवार २२:०६

बिदुर–नुवाकोटको पुर्वी भेगमा पञ्चकन्यामा चिया खेती सुरु गरिएको छ । यसको नर्सरी स्थापना कार्य सम्पन्न भएको छ ।
पञ्चकन्या गाउँपालिकाले चालु आव २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट अनुसार घ्याङस्वारा पर्यटकीय पार्कमा चिया खेतिलाई प्रोत्साहन गर्दै चियाको नर्सरी राख्ने कार्यसम्पन्न भएको हो । पन्चकन्या रोजगार सेवा केन्द्रमार्फत नर्सरी व्यवस्थापन, बिरुवा राख्ने प्रक्रिया र सामूहिक सहभागिताको कार्य सुरु गरिएको गापा अध्यक्ष तेजवहादुर तामाङ रमेशको भनाई छ ।

उनका अनुसार उक्त अभियानमार्फत गाउँपालिकामा रोजगारी सिर्जना, कृषि क्षेत्रको आधुनिकीकरण, तथा आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । यससंगै काठमाडौवाट डेढ घण्टाको यातायातको दुरीमा रहेको पञ्चकन्याको प्रसिद्ध पर्यटकिय घ्याङस्वरामा चिया खेती कार्यक्रम सन्चालन भएको छ ।
उक्त स्थान हावापनी सुहाउंदो रहेका कारण चिया खेतिको निकै सम्भावना रहेको ठहरसहित पञ्चकन्या गापाले चिया खेति कार्यक्रम सन्चालन गरेको हो ।

चियाको नर्सरी स्थापनाको लागि आवस्यक भौतिक निर्माण गरि नर्सरी स्थापना गरिएको हो । घ्याङस्वरा पार्कमा सञ्चालन भइरहेको चिया खेती कार्यक्रमलाई थप प्रभावकारी बनाउन चियाको नर्सरी स्थापनाको कार्य पुरा गरिएको गापा उपाध्यक्ष विमला पाठक केसीको भनाई छ ।
चिया खेतिका लागि ककनीस्थित चिया तथा कफी विकास बोर्डको कार्यालयमा पुगेर चिया नर्सरीका लागि चियाको डाला पन्चकन्या लगिएको थियो । पन्चकन्या गापाकी उपाध्यक्ष विमला पाठक केसीसहितको प्राविधिक टोलीले ककनी पुगेर नर्सरीका लागि चियाको २१ हजार थान चियाको डाला ल्याएर नर्सरी स्थापना गरिएको गापाले जनाएको छ ।

उक्त चियाको डालोवाट ७० हजार थान चियाको विरुवा उत्पादन गर्ने लक्ष्य रहेको छ । पन्चकन्याको घ्याङस्वारामा दुई रोपनी जग्गामा चियाको नर्सरी स्थापना गरिएको छ ।
चिया खेतिवाट स्थानीय उत्पादनलाई सशक्त बनाउने, रोजगारी सिर्जना गर्ने र पर्यटनसँगै कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने कार्यमा ठूलो टेवा पु¥याउने विश्वास लिइएको रोजगार संयोजक सरोजकुमार खातीक्षेत्रीको भनाई छ । उनका अनुसार चिया तथा कफी विकास बोर्डका कार्यालयले चिया खेतिको विकास र प्रवद्र्धनका लागि प्राविधिक मार्गदर्शन, सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।


सर्वाधिक रुचाइएको