विदुरमा नगर सरसफाई अभियान सन्चालन

–आवस्यक सामग्रीहरु हस्तान्तरण
लोकखबर
२०८२ भाद्र १, आईतवार २२:१०

बिदुर–पर्यटकिय रुपमा रहेको नुवाकोटको विदुर नगरपालिकामा नगर सफाई अभियान सन्चालन गरिएको छ । विदुर नगरले वार्षिक योजना नै वनाएर पहिलो पटक सो कार्यक्रम सन्चालन गरेको हो ।
धार्मिक तथा ऐतिहासिक रुपले महत्वपुर्ण रहेको विदुर नपाका १३ वटै वडामा सो कार्यक्रम सन्चालन भएको छ । मिश्रित समुदायको वसोवास रहेको विदुर नपामा यसवाट पर्यटन प्रवद्र्धन हुनेसमेत लक्ष्य रहेको विदुर नपाका मेयर राजन श्रेष्ठले वताए ।

उनका अनुसार विदुर नगर भित्रका भौतिक संरचना (सडक, ढल, नाली) मा मनसुनजन्य विपदका कारण हुनसक्ने क्षतिहरुको न्यूनिकरण, पूर्वतयारी तथा प्रतिकार्यका लागि विपद सरसफाईकर्मीहरु खटाइएको छ । यस कार्यवाट सम्भावित विपद व्यवस्थापनमा द्रुत प्रतिकार्य र प्रभावकारी पूर्वतयारीमा सहयोग पुग्ने विश्वास लिइएको मेयर श्रेष्ठको भनाई छ ।
यसका लागि विदुर नपाले चालु आव २०८२÷०८३ को नीतिगत तर्फको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत विपद् पूर्व तयारी तथा सडक सरसफाईकर्मी नियुक्त गरि उनीहरुका लागि अभिमुखिकरण कार्यक्रमसमेत गरेको छ । उनीहरुलाई सडक सुरक्षामा जोड दिदै आवस्यक सामग्रीसमेत हस्तान्तरण गरिएको छ ।
विदुर नपा अन्तर्गतका वडाहरुको सडकमा बर्षातको समयमा हुन सक्ने जोखिम न्यूनीकरणको लागि विपद् पूर्व तयारी तथा पहिरो तथा सडक नाली जाम भई यातायात संचालनमा कठिनाई लगायतका विविध समस्या भइरहेका हुँदा यसको समाधान हुने उपमेयर प्रभा वोगटीको भनाई छ । सन्चालित उक्त कार्यबाट सडक अवरुद्ध हुन नदिनको लागि प्रत्येक वडामा एक÷एक जना सरसफाईकर्मी राखिएको छ ।
विदुर नपा कार्यालयमा आइतवार निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद प्याकुरेलले सरसफाइकर्मीहरुलाई विभिन्न सात प्रकारका सामग्रीहरु हस्तानतरण गरे । यसवाट सडक सुरक्षा, वातावरण संरक्षण भई आन्तरिक तथा वाह्य पर्यटकसमेत वढ्ने अपेक्षा गरिएको प्याकुरेलले वताए ।

विदुर नपाले सो अभियानमा खटिएका सरसफाईकर्मीहरुलाई बीमाको व्यवस्थासमेत गरेको छ । सफाईकर्मीहरुलाई वडा कार्यलयको समन्वयमा सुरक्षित रुपामा कामकाज गरि नगरलाई सफा, सभ्य र पर्यटकिय वनाउन मेयर राजन श्रेष्ठले आग्रह गरेका छन् ।


सर्वाधिक रुचाइएको