पुर्व प्रहरीवीच हाजिरीजवाफ प्रतियोगिता
बिदुर–नुवाकोटमा सामाजिक एकतामा जोड दिदै पुर्व प्रहरीवचि हाजिरी जवाफ प्रतियोगिता गरिएको छ । विदुरमा आयोजित कार्यक्रममा हाजिरीजवाफ प्रतियोगितामा विजयी हुने सहभागीहरूलाई पुरस्कार प्रदान गरिएको छ ।
हाजिरी जवाफ प्रतियोगितामा रामकृष्ण कोइराला, नारायणप्रसाद कोइराला र टलकमान घलेको समूह प्रथम भए । रामप्रसाद नेपाल, साधुराम रिमाल र हिरालाल तामाङको समूह दोश्रो भएको आयोजक नेपाल पूर्व प्रहरी संगठन नुवाकोटका अध्यक्ष रामवहादुर ओस्तीले जानकारी दिए ।

विदुरमा ३५औँ पूर्व प्रहरी दिवसको अवसरमा आयोजित उक्त प्रतियोगिताका विजयीहरुलाई नगद पुरस्कारसहित प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । जिल्ला प्हरी प्रमुख प्रहरी उपरिक्षक दुर्गाराज रेग्मी, संगठनका अध्यक्ष रामवहादुर ओस्तीलगायतले विजेताहरुलाई पुरस्कृत गरे ।
नेपाल पूर्व प्रहरी संगठन नुवाकोटले विभिन्न कार्यक्रम सहित ३५औँ पूर्व प्रहरी दिवस मनाएको हो । नुवाकोटमा नेपाल पूर्व प्रहरी संगठनमा हाल २७ सय ७० जना रहेका छन् । नुवाकोटका पूर्व प्रहरीहरु अधिकांश काठमाडौमा बसोबास गर्दै आएको हुदाँ उनीहरुलाई संगठनमा आबद्ध गराउनको लागी विभिन्न गतिविधि गरिदै आएको संगठनले जनाएको छ ।

नेपाल पूर्व प्रहरी संगठनले सञ्चालन गर्दै आएको सहकारी थप व्यवस्थित बनाई विस्वासिलो बनाइने, आगामी दिनमा पूर्व प्रहरी संगठनलाई अझ सक्रिय र प्रभावकारी बनाउने योजना रहेको अध्यक्ष ओस्तीले वताए । कार्यक्रममा नेपाल पुर्वप्रहरी संगठन, जिल्ला कार्यसमिती नुवाकोटबाट भइरहेका गतिविधि, प्रहरी संगठनप्रतिको पूर्व प्रहरीको योगदान तथा सामाजिक उत्तरदायित्वबारे चर्चा गरिएको थियो।












































