गाउंमा पक्कि विद्यालय भवन निर्माण

– अध्ययन अध्यापन सुविधा
लोकखबर
२०८२ भाद्र ४, बुधबार १९:२८

बिदुर–नुवाकोटको उत्तरपुर्वी भेगमा रहेको गोलगाउंंमा नयां विद्यालय भवन निर्माण गरिएको छ । यसवाट अध्ययन अध्यापनलाई सुविधा पुगेको छ ।

दुप्चेश्वर गाउँपालिका २ गोलगाउंमा माप्ले माविमा पक्कि विद्यालय भवन निर्माण गरिएको हो । नेपाल सरकारको कुल एक करोड ६५ लाख रुपैयाको लागतमा तीन तले आठ कोठे पक्कि विद्यालय भवन निर्माण भएको दुप्चेश्वर गापाले जनाएको छ ।

उक्त विद्यालयमा दुई सय ४० जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । सवै विद्यार्थीहरु आदिवासी जानजाती अर्थात् तामाङ, शेर्पा र दलित समुदायका अध्ययनरत रहेका छन् ।

 

 


सर्वाधिक रुचाइएको