गापा अध्यक्षसंग वाआमा छोराछोरी कार्यक्रम

– शिक्षामा प्रत्यक्ष सहभागितामा जोड
लोकखबर
२०८२ भाद्र ४, बुधबार २३:५६

बिदुर–सामुदायिक विद्यालयको शिक्षा अभिवृद्धिमा अभिभावकहरुको प्रत्यक्ष सहभागितामा जोड दिदै नुवाकोटको तारकेश्वर गाउँपालिकाले अध्यक्षसंग वाआमा छोराछोरी कार्यक्रम सन्चालन गरेको छ । यसवाट प्रत्यक्ष रुपमा पालिका, अभिभावक, विद्यालय र विद्यार्थीवीच शैक्षिक विकासमा मद्धत पुगेको ठहर गरिएको छ ।

जसअनर्तगत तारकेश्वर ५ निग्लेनीस्थित भूमेदेवी आधारभुत विद्यालयमा गापा अध्यक्षसँग बाआमा, छोराछोरी तथा बालबालिका कार्यक्रम गरिएको हो । तारकेश्वर गापा तथा शिक्षा समितिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ ले एकैपटकक विद्यार्थीका अभिभावक, विद्यार्थी तथा विद्यालयको धारणा सुनेर शैक्षिक विकासका लागि पालिकाले विशेष कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।

उनले आधुनिक र व्यवहारिक शिक्षाको आवस्यकता रहेको ठहर गरे । तारकेश्वर गापाको नियमित वार्षिक कार्यक्रम अन्तर्गत भूमेदेवी आधारभुत विद्यालयमा सन्चालित सो कार्यक्रममा अध्यक्ष अधिकारीले चालु आवको बजेटबाट एक शिक्षक / एक ल्याइटप कार्यक्रम सन्चालन गरिएको वताए ।

अध्यक्ष अधिकारीले शिक्षाको विकासका लागि बालबालिका, अभिभाबक सबैसँग सहकार्य र सुझावका लागि गापा अध्यक्षसँग बाआमा, छोराछोरी तथा बालबालिका कार्यक्रम राखेको उल्लेख गरे । कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पुर्ण बालबालिकाहरुलाई विविध स्टेसनरी सामग्री समेत वितरण गरिएको थियो ।
तारकेश्वर ५ का वडाध्यक्ष अशोक लामातामाङले विद्यालय तथा शिक्षामा रहेका समस्याको समाधान गर्ने प्रतिबद्दता व्यक्त गरे । उनले विद्यालयमा रहेका विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न अभिभावक, शिक्षक र विद्यालय सबै सक्रिय हुनुपर्ने बताए ।

विद्यालयका प्रधानाध्यापक नवराज न्यौपानेले विद्यालयको शैक्षिक अवस्था, भाबी योजना तथा विद्यालयमा रहेका समस्याहरुको विषयमा पालिका अध्यक्ष अधिकारीको ध्यानाकर्षण गराए । उनले विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सुरुवात गर्न लागेको उल्लेख गर्दै शिक्षकको अभाब रहेको बताए ।
प्रअ न्यौपानेले विद्यालयमा कम्प्युटर तथा खेल तथा मनोरञ्जन सामग्री समेत अभाब भएकोले पालिकावाट सहजीकरण हुने विश्वास व्यक्त गरे । कार्यक्रममा विद्यालयका अध्यक्ष सन्तमान तामाङ, अभिभावक, सरोकारवालालगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा गापा अध्यक्ष शिव अधिकारी अविरलले विद्यालयका छात्रछात्रा तथा अभिभावकहरुसँग अन्तरक्रिया गर्दे शिक्षाको व्यवस्थापन र शैक्षिक उन्नतिका लागि गाउँपालिकाले आवश्यक भौतिक र व्यवस्थापकीय सहयोग उपलब्ध गराउँदै आएको स्मरण गर्दै आवश्यक थप सहयोगका लागि सदैव तत्पर रहेको बताए । तत्कालका लागि थप शिक्षकको व्यवस्थापन र कम्प्युटर लगायत सामग्री उपलब्ध गराउने योजना रहेको बताए ।

शैक्षिक र व्यवस्थापकीय दुवै पक्षमा उत्तिकै ध्यान दिएर गुणस्तरीय शिक्षाको उद्दे्रश्य पुरा गर्न व्यवस्थापन र शिक्षकहरुलाई निर्देशन दिँदै अध्यक्ष अधिकारीले विद्यालयको शैक्षिक गतिविधि र आफ्ना नानीहरुको सिकाइ उपलब्धिमाथि निरन्तर चासो राख्दै बालबालिकाको सर्वांगीण विकासमा जिम्मेवारीका साथ भूमिका निर्वाह गर्न अभिभावकहरुलाई आग्रह गरे । स्थानीय सरकारका जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थीबीच अन्र्तक्रियाबाट शैक्षिक समस्याहरुको पहिचान गरी समाधान खोज्ने र शैक्षिक योजनाहरू निर्माणमा सहयोग पुग्ने उद्देश्यले विगत दुई वर्षदेखि उक्त कार्यक्रम सञ्चालन हुँदै आएको छ ।


सर्वाधिक रुचाइएको