माओवादीद्वारा कार्यकर्ता प्रशिक्षण
बिदुर–प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले नुवाकोटमा आफ्ना कार्यकर्ताहरुलाई जागरुक गराइरहेको छ । जसअन्र्तगत विदुरमा अगुवा कार्यकर्ताहरुलाई विशेष प्रशिक्षण दिएको छ ।
एक वर्षदेखि सत्ता वाहिर रहेको माओवादीले उक्त समयलाई सदुपयोग गर्दै कार्यकर्तामाझ पुगिरहेको छ । माओवादी केन्द्र विदुर नगर कमिटिले विदुरमा वुधवार एक दिने अगुवा कार्यकर्ता प्रशिक्षण गरेको हो ।

उक्त प्रशिक्षणको माओवादी केन्द्रका नेता तथा पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्रि हितवहादुर तामाङले उद्घाटन गरेका हुन् । उनले नेपालमा माओवादीकै कारण नयां संविधान वनेको र परिवर्तन आएको दावी गरे ।

सहभागीहरुलाई संघीयता, समावेशिता, पर्यावरण संरक्षण, माओवादी र स्थानीय सरकार, सामाजिक सन्जाल र संगठन, प्रभावकारी निर्वाचन परिचालन कला, प्रशिक्षण पद्धती र कला, संगठन सन्चालन र पद्धती, संगठन र नेतृत्व, वैज्ञानिक समाजवाद र पार्टी कार्यदिशा, विश्व र नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहासलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । उक्त प्रशिक्षणमा विदुर नगरका नेता तथा अगुवा कार्यकर्ता सहभागी थिए ।

प्रशिक्षकको रूपमा पार्टी केन्द्रीय सदस्य तथा वागमती प्रदेश स्कुल विभाग सहईन्चार्ज डिपि ढकाल, बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज हिरानाथ खतिवडा, वागमती प्रदेश कमिटि सहसचिव माधव लामिछाने, प्रदेश कमिटि सचिवालय सदस्य पुष्प लामिछाने, निवर्तमान नगर कमिटि अध्यक्ष प्रभा वोगटीलगायतले विभिन्न बिषयमा प्रशिक्षण दिएको माओवादी विदुर नगर अध्यक्ष भोजराज पनेरुको भनाई छ । प्रशिक्षण कार्यक्रममा माओवादी बैंकल्पिक कन्ेद्रीय सदस्य तथा नुवाकोट ईन्चार्ज हिरानाथ खतिवडा, माओवादी वागमती प्रदेश उपाध्यक्ष तथा प्रदेश सभा सदस्य रामप्रसाद ढुंगाना, वागमती प्रदेश समिति सचिवालय सदस्य तथा नगर ईन्चार्ज कल्पना रिमाल, प्रदेश कमिटि सदस्य लीलानाथ न्यौपाने, नारायण नेपाललगायतले आआफ्नो धारणा राखेका थिए ।

सहभागीहरुलाई राजनीति, अर्थ, दर्शन शास्त्रसहित विभिन्न विषयमा प्रशिक्षण दिएका थिए । माओवादीको अन्य पालिका कमिटिले यस प्रकारका प्रशिक्षण विभिन्न समयमा गरिरहेको माओवादी केन्द्र नुवाकोटले जनाएको छ ।













































