पक्कि क्लव भवन निर्माण

– मेयरले गरे उद्घाटन
लोकखबर
२०८२ भाद्र ५, बिहीबार १८:४०

बिदुर–नुवाकोटको वट्टारवजारस्थित संगमचोकमा क्लव भवन निर्माण गरिएको छ । नवनिर्मित भुकम्प प्रतिरोधी पक्कि भवनको विहीवार कार्यक्रमकावीच उद्घाटन गरिएको छ ।

बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको आर्थिक सहयोगमा विदुर नगरपालिका ४ वट्टारस्थित संगमचोकमा युनाइटेड युथ क्लबको ६ कोठे पक्कि भवन निर्माण गरिएको हो । नवनिर्मित भवनको विदुर नपाका मेयर राजन श्रेष्ठले उद्ेघाटन गरे ।

उनले सामाजिक गतिविधिका लागि क्लवको भुमिका महत्वपुर्ण रहने भएका कारण सामुदायिक विकासका लागि क्लवले आफ्नो गतिविधिलाई वढाउनु पर्ने वताए । क्लवले खेलकुद, स्वास्थ्य तथा शैक्षिक विकासमा महत्वपुर्ण भुमिका गरिरहेको जनाउंैदै प्रशंसा गरे ।

दुई तल्ले ६ कोटे कलव भवन कुल २५ लाख रुपैयाको लागतमा निर्माण सम्पन्न भएको क्लबका अध्यक्ष अच्युतराज महन्तगिरीले जानकारी दिए ।  विदुर नपाले १० र वागमति प्रदेश सरकारले १० लाख रुपैया उपलवध गराएका थिए ।

क्लबको नयां भवन उद्घाटन कार्यक्रममा विदुर नपाकी उपमेयर प्रभा बोगटीले समाजलाई उचित मार्गमा लैजाने भुमिका सामुदायिक गतिविधि गरिरहेको क्लवको्समेत रहेको वताए । भवन उद्घाटन कार्यक्रममा विदुर ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेल,  जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष वुद्धिवहादुर प्रधान, विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सन्जिववहादुर श्रेष्ठ, विभिन्न खेत्रका खेलाडी, सर्वसाधारणलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

 

 


सर्वाधिक रुचाइएको