अशक्तका लागि सहायक सामग्री प्रदान
बिदुर–नुवाकोटको चैनपुर घर भएका अशक्तको सुविधाका लागि सहायक सामग्री प्दान गरिएको छ । यसवाट अशक्तलाई सहज भएको छ ।
विदुर नगरपालिका ६ चैनपुरका शारिरीक रुपमा अशक्त गणेश ढकाललाई विदुर नपा कार्यालयले सामाजिक जागरण तथा सद्भाव अन्र्तगत ह्वीलचियर प्रदान गरेको हो । शारिरिक रुपमा पूर्ण अशक्त भएका ढकालका पत्नीलाई मेयर राजन श्रेष्ठले कार्यक्रमकावीच ह्वीलचियर हस्तान्तरण गरेका हुन् ।

विदुर नपाले सहायता कार्यक्रम अन्र्तगत शारिरिक रुपमा पूर्ण अशक्त भएका व्यक्तिहरुलाई विभिन्न सहयोग प्रदान गरिरहेको मेयर श्रेष्ठले बताए । उनले शारिरिक रुपमा अशक्त रहेका नगरबासी विशेष गरेर ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक ह्वीलचियर तथा अन्य सहायता सामाग्री उपलब्ध गराउदै आइरहेको बताए ।
विदुर नपामा शारिरीक अपांगता भएका व्यक्तिहरु भए जानकारी दिनसमेत मेयर श्रेष्ठले आग्रह गरे ।उनीहरुलाई नगरले पहिचान गरि सहयोग गर्नेसमेत उनले वताए ।

विदुर नपाले गत वर्षदेपिख नै विशेष रुपमा शारिरिक रुपमा अशक्त भएर हिडडुल गर्न समस्या भएका नगरबासीलाई आफ्नो घर आवास क्षेत्रमा आउजाउ गर्न सहज बनाउनका लागी ह्वीलचियर उपलब्ध गराउँदै आएको छ । शारिरिक रुपमा अशक्त रहेका व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राखेर आवश्यक ह्वीलचियर तथा अन्य सहायक सामग्रीहरु उपलब्ध गराउदै विदुर नपा कार्यालयले जनाएको छ ।











































