रक्त संकलन अभियान
– एकलाख युनिक रगत संकलन गरिने
बिदुर–एक लाख युनिट रगत संकलन अभियान नुवाकोटको विदुरमा सन्चालन गरिएको छ । विश्व गिनिज रेकर्डमा समेत नाम राख्ने उद्देश्यले नुवाकोटका विभिन्न स्थानमा बृहत रक्तदान महाअभियान सन्चालन गरिएको छ ।

ब्रह्माकुमारी राजयोग उपसेवा केन्द्रको आयोजनामा विदुर नपाको वट्टारवजारमा उक्त अभियान सन्चालन गरिएको हो । रक्तदान अभियान अन्तर्गत ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयले एक सय घण्टामा एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य राखेको छ ।

केन्द्रको आयोजना र नेपाल रेडक्रस सोसाईटी नुवाकोटको रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा वृहत रक्तदान अभियान भएको हो । बट्टारमा भएको रक्तदानमा जनप्रतिनिधि, विभिन्न पेशामा आवद्ध व्यक्ति, शिक्षक, विद्यार्थी, सर्वसाधारणले सहभागिता जनाएका थिए ।

अभियानलाई साथ दिदै विदुर नपा २ का वडाध्यक्ष दीपक कायस्थ र ४ का वडाध्यक्ष निलमबाबु ढुङ्गेलसहित ५७ जनाले रगतदान गरेका थिए । कार्यक्रममा १० जना महिलाले रक्तदान गरेका थिए ।















































