तीजको अवसरमा टपरी गांस्ने प्रतियोगिता

– धागोको वत्ति कात्ने प्रतियोगितासमेत गरियो
लोकखबर
२०८२ भाद्र ७, शनिबार २३:३२

बिदुर–संस्कृति, पहिचान र संरक्षणलाई निरन्तरता दिने उद्धेश्यले नुवाकोटको विदुरमा टपरी गांस्ने र धागोवाट वत्ति कात्ने प्रतियोगिता गरिएको छ । पहिलो पटक आयोजित उक्त प्रतियोगितामा महिला गृहिणी तथा युवतीहरुको सहभागिता रहेको थियो ।

विदुर सिटी युथ क्लबको आयोजनामा तिज विशेषका अवसरमा उक्त प्रतियोगिता गरिएको हो । नौकुने टपरी गास्ने प्रतियोगितामा २० जना सहभागी थिए भने धागोको सातसुते वत्ति कात्ने प्रतियोगितामा १८ जना गृहिणीहरु सहभागि थिए ।

नौकुने टपरी गास्ने प्रतियोगितामा प्रतिमा मिजार प्रथम र लक्ष्मी खनाल द्वितिय भए । टपरीमो समय तोकिएको थिएन भने धागोको सातसुते वत्ति कात्ने प्रतियोगितामा भने पांच मिनेटको समयसिमा तोकिएको आयोजक विदुर सिटी युथ क्लबका सहसचिव रमेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रतियोगितामा विदुरका गृहिणी तथा युवतीहरुको सहभागिता रहेको थियो । यसअघि, तीजको शुभकामना आदानप्रदानसमेत गरिएको कार्यक्रमको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरेका हुन् ।

उनले संस्कृति, पहिचान र परम्परा मौलिकता र स्थानीय सम्पत्ति भएको हुंदा यसलाई जीवन्तता दिइनु पर्ने वताए । मौलिकता, धार्मिक, साँस्कृतिक, शैक्षिक, खेलकुद, स्वास्थ्यलगायतका गतिविधिमा स्थानीयवासीको सक्रियतथा वढिरहेकोमा उनले प्रशंसा व्यक्त गरे ।

 

 


सर्वाधिक रुचाइएको