क्षयरोग नियन्त्रण सम्वन्धि अन्र्तक्रिया
बिदुर–प्रभावकारी रुपमा नियन्त्रणमा जोड दिदै नुवाकोटको लिखु गाउंपालिकामा क्षयरोग नियन्त्रण सम्वन्धि अन्र्तक्रिया गरिएको छ । लिखु गापामा क्षयरोग नियन्त्रणका लागि रोग लागृेपछि भन्दा पनि रोग नै लाग्न नदिनका लागि विशेष सक्रियता गरिनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठले क्षयरोगलाई नियन्त्रण गर्न अव स्थानीयस्तरवाटै जनता सचेत भई एकजुट हुनु पर्ने वताए । उपाध्यक्ष शुभद्रा अधिकारीउप्रेतीले गाउं समाजमा धुम्रपान, मद्यपानले क्षयरोग तथा अन्य रोगले आक्रमण गर्ने विषयलाई ग्रामणि वस्तीमा अझै व्यापकता दिइनु पर्ने वताइन् ।

कार्यक्रममा लिखु गापास्तरीय क्षयरोग कार्यक्रमको वार्षिक समिक्षा तथा क्षयरोग नियन्त्रण विश्लेषण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा जनप्रतिनिधि, स्वास्थय शाखाका कर्मचारी, सरोकारवालाका साथै जनस्वास्थ्य कार्यालय नुवाकोटका क्षयरोग फोकल पर्सन कृष्ण रिजाललगायतले क्षयरोगलाई पनि अव उन्मुलनतर्फ अभियान सन्चालन गर्नु पर्नेमा जोड दिए ।













































