यातायात महासंघको सातौं अधिवेसन
बिदुर–नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नुवाकोटको सातौं अधिवेसन सम्पन्न भएको छ । विदुरमा सम्पन्न अधिवेसनले आगामी कार्यकालका लागि महासंघको जिल्ला अध्यक्षमा त्रिशूलीवजारका यातायात व्यवसायी धनबहादुर श्रेष्ठलाई निर्विरोध चयन गरेको छ ।
महासंघको सातौ जिल्ला अधिवेशनले श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय नयां कार्यसमिति चयन गरेको हो । अधिवेशनले सचिवमा दिपक श्रेष्ठ र कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठलाई चयन गरेको छ ।
अधिवेसनले सदस्यहरुमा कुमारमान मलेकुश्रेष्ठ, लक्ष्मण महर्जन, अनुज जोशी र लोकराज न्यौपानेलाई चयन गरेको छ । यसअघि, अधिवेसनको महासंघ बागमती प्रदेश संयोजक सुमन गिरीले उद्घाटन गरेका हुन् ।
महासंघ नुवाकोटका अध्यक्ष श्रेष्ठ विदुर नपा १ त्रिशूलीवजार घर भई चार दशक लामो समयदेखि यातायात क्षेत्रमा क्रियाशील छन् । श्रेष्ठ नुवाकोट र रसुवा जिल्लामा सञ्चालित नमस्ते पासाड.ल्हामु यातायात प्रालिका उपाध्यक्षसमेत हुन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दै महासंघको बागमती प्रदेश संयोजक तथा प्रमुख अतिथि सुमन गिरीले यातायात व्यवसायीहरु एकतावद्ध भएर अघि बढेमा यातायात व्यवसायीरुका समस्या समाधान गर्न सहज हुने बताए । उनले सरकारले यातायात व्यवसायीका गुनासाहरु उचित रुपमा सम्बोधन नगर्दा समस्या आउने गरेको भन्दै यातायात क्षेत्रले मुलुकका लागि गरेको योगदानको स्मरण गर्न पनि सरकारलाई आग्रह गरे ।
कार्यक्रममा टिमुरे यातायात प्रालिका अध्यक्ष ओमप्रकाश जोशी, त्रिशूली यातायातका नवीन राजभण्डारी, नमस्ते पासाडल्हामु यातायात प्रालिका कोषाध्यक्ष लगायतले यातायात व्यवसायीहरुले सरकारको उचित निर्णयहरुको पालना गरिरहेको दावी गरे । नुवाकोटमा रहेका यातायात व्यवसायीहको साझा संस्थाको रुपमा रहेको महासंघमा नुवाकोटमा एकसय भन्दा बढि व्यवसायी आवद्ध रहेका छन् ।
नुवाकोट जिल्लामा नमस्ते पासाड.ल्हामु यातायात प्रालि टिमुरे यातायात प्रालि, त्रिशूली यातायात प्रालि र नेपाल माइक्रोवस यातायात प्रालि सञ्चालित छन् । चारवटा व्यवसायी ंस्थामा झण्डै ३ सय व्यवसायी आवद्ध रहेको बताइएको छ ।











































