प्रस्तावित शिक्षा ऐनको खवरदारी
बिदुर–विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई समस्या हुने जनाउंदै नुवाकोटमा निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन प्याव्सनले आन्दोलन गरेको छ । आन्दोलनअन्र्तगत विदुरमा वुधवार शैक्षिक अन्र्तक्रिया गरेका छन् ।

सरकारले ल्याउन लागेको विधेयकमा पूर्ण छात्रवृत्ति शब्द राखिन नहुने, पूर्ण छात्रवृत्ति दिन नसकिने, क्रमशः गैह्रनाफामूलक बनाउन नहुने, छात्रवृत्ति वितरण गर्दा अधिकार सम्बन्धित विद्यालयमा हुनुपर्ने, सामुदायिक विद्यालयका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति दिन नहुनेलगायत माग प्याब्सनले राखेको छ । सोही विषयमा प्याव्सनले आफ्नो कार्यालय वट्टारवजारमा वृहत अन्र्तक्रिया गरेको छ ।

प्याव्सन नुवाकोटले सरोकारवालाहरुवीच प्रस्तावित शिक्षा ऐन र संस्थागत विद्यालयका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । नुवाकोटमा ३९ निजी विद्यालयहरु रहेका छन् ।

प्रस्तावित शिक्षा विधेयककोे खबरदारीका लागि प्याव्सनका सम्पुर्ण सदस्य बिद्यालयहरु सक्रिय भएको प्याव्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए । उनका अनुसार शिक्षा विधेयकमा १५ प्रतिशत पुर्ण छात्रवृत्ति र निजि बिद्यालयहरु क्रमशः गैह्र नाफामुलक बन्नाउने भन्ने बुदाको बिरोध गर्दै प्याव्सनले आन्दोलन सुरु गरेको हो ।
सरकारले निजी शैक्षिक संस्थालाई समस्या बनाउन गरि ल्याइएको विधेयक आफूहरुलाई मान्य नहुने प्याव्सन विदुर समितिका अध्यक्ष रामराजा कुमालको भनाई छ । सरकारले आफूहरुको माग सुनुवाई नगरेको खण्डमा आन्दोलनलई अझ सशक्त रुपमा अगाडि बढाउने उनीहरुले चेतावनी दिएका छन् ।

आफूहरुले उठाएका माग सम्बोधन नभए पुनः अनिश्चितकालीन विद्यालय हड्ताल गर्ने कार्यक्रम समेत प्याब्सनले सार्वजनिक गरिसकेको छ । प्याब्सन नुवाकोटले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हितविपरीत रहेको जनाउंदै विरोध कार्यक्रम स्वरुप सरोकारवालासंग विशेष अन्तक्रिया गरेको हो ।

कार्यक्रममा वागमति प्रदेशका पुर्वमन्त्रि तथा नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनाली, कांग्रेस नुवाकोटका सभापति राजु थापा, म्यागाङ गापा उपाध्यक्ष सीता तामाङ, प्याब्सन पूर्व केन्द्रीय सदस्य नवराज ओझा, प्याब्सन नुवाकोटका संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार ठाकुरप्रसाद पुडासैनी, माओवादी केन्द्र बागमती प्रदेश सदस्य नारायण नेपाल, रास्वपा नुवाकोट सभापति रामेश्वर गजुरेल, राप्रपा सचिव महेशकुमार डंगोललगायतले शिक्षा विधेयकले निजी विद्यालयहरुलाई समस्यामा पारेको र यसलाई पुर्नलृखन गर्न आवस्यक रहेको वताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत रामप्रसाद अधिकारी, उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, प्याब्सन बागमती प्रदेश संस्थापक अध्यक्ष तथा बरिष्ठ सल्लाहकार रामहरि रिमाल, प्याब्सन नुवाकोटका प्रमुख सल्लाहकार तारावहादुर कार्की, प्याब्सन नुवाकोटका बरिष्ठ सल्लाहकार बुद्विसागर रिजाललगायत प्याब्सनका सल्लाहकार पदाधिकारी तथा संचालक, सरोकारवालाले प्रस्तामवित शिक्षा ऐन हुवहु पारित गर्न नहुने तर्क राखे ।

विद्यालय शिक्षा विधेयकमा विषयमा राजनीतिक दलका नेताहरुले निजी विद्यालयलाई कमजोर पार्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट पास भएर संसद्मा पेस भएको विधेयकमा नुवाकोटका राजनीतिक दलका नेताहरुले निजी विद्यालयहरुलाई जोगाउनुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका नेता तथा वुद्धिजिविहरुले निजी विद्यालयहरुले उठाएका मागलाई शिक्षा विधेयकमा समेटिनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमा सहभागी अतिथीहरुले देशको शिक्षाको विकास र गुणस्तरका लागि निजी विद्यालयहरुको योगदान महत्वपूर्ण रहेको भन्दै सरकारले निजी विद्यालयहरुले उठाएका मागलाई विधेयकमार्फत सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए ।













































