पश्चिम वागमतिलाई लक्ष्यित गरेर अस्पताल सन्चालन
बिदुर–नुवाकोटसहित पश्चिम वागमति भेगलाई लक्ष्यित गरेर अस्पताल सन्चालन गरिएको छ । आधुनिक रपमा सन्चालित अस्पतालको विहीवार पुर्व राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गरे ।
पश्चिम वागमतिमा रहेको नुवाकोट, रसुवा र धादिङवासीलाई सेवा दिनका लागि तारकेश्वरमा पूर्ण क्षमतासहित ‘शुभम इन्टरनेशनल अस्पताल’ सञ्चालन भएको छ । उक्त अस्पतालको कार्यक्रमकावीच पूर्वराष्ट्रपति डा.यादवद्वारा उद्घाटन गरिएको हो ।

पछिल्लो समय स्वास्थ्य क्षेत्र महंगो रहेको गुनासो आइरहेका बेला आमनागरिकलाई सर्वशुलभ रुपमा स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ पहिलो चरणमा २४शैह्याको अस्पताल सन्चालन गरिएको सञ्चालक समितिले जनाएको छ । तारकेश्वर नगरपालिका१० स्थित लोकतान्त्रिक चोकमा पूर्ण क्षमतासहित उक्त ‘शुभम् अन्तर्राष्ट्रिय अस्पताल’ को उद्घाटन गर्दै डा. यादवले स्वास्थ्य सेवालाई प्रभावकारी वनाउन सुझाव दिए ।
उनले मानवको स्वास्थ्य अधिकार महत्वपुर्ण रहेका कारण पारदर्शी रुपमा सेवा प्रदान गर्न पनि आग्रह गरे । डा.यादवले आम जनताको पहुँचमा सेवा पुग्ने तरिकाले अघि बढ्न सुझाव दिए ।

उनले भुईँ मान्छेदेखि भीआईपीसम्म अट्ने गरी स्वास्थ्य सेवा दिनसक्ने क्षमता अस्पतालले राखोस् भनि शुभकामना समेत दिए । उनले भने, ‘म क्यान्सरको बिरामी छु, ८३ वर्षको पुगेँ । भोलि यही अस्पतालमा ट्रिटमेन्टका बेलामा आउनुपर्यो भने मैले राम्र्रो उपचार पाउँछु भनेर आशा लिएको छु ।’
डा. यादवले लगानीकर्ताले लगानी अनुसार प्रतिफल खोज्ने भए पनि स्वास्थ्य क्षेत्रमा गरिएको लगानीबाट प्रतिफल भन्दा पनि जनताको सेवा प्रमुख सोचेर काम गर्न समेत आग्रह गरे । सोही कार्यक्रममा पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नुवाकोट २ का प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले अस्पताललाई समुदायमुखी भएर काम गर्न सुझाव दिए ।

उनले तल्लो तहका नागरिकहरुको सेवाका लागि पहिलो प्राथमिकताको केन्द्र शुभम बन्नु पर्ने र नाम अन्तर्राष्ट्रिय भए जस्तै काम पनि अन्तर्राष्ट्रिय ढंगले गर्न आग्रह गरे । कार्यक्रममा अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. केदारनरसिंह केसीले आफ्नो नेतृत्वमा तल्लो तहका नागरिकहरुको सेवालाई प्राथमिकता दिने गरी अस्पताल सन्चालन गरिएको बताए ।
मुलतः नुवाकोट, रसुवा, धादिङसहित लमजुङलगायतका काठमाडौंसँग नजिक रहेका जिल्लादेखि देशभरका नागरिकहरुलाई सेवा दिने उद्धेश्यले अस्पताल सन्चालन गरिएको डा. केसीले वताए । झण्डै १५ करोडको लगानीमा १९ जना स्वास्थय तथा सामाजिक क्षेत्रका व्यक्तिहरुद्वारा सन्चालन गरिएको सो अस्पतालमा २४ सै घण्टा आइसियु, आकस्मिक सेवा, ल्याब, ओपीडी र फार्मेसी लगायतको सेवा संचालनमा रहेको छ ।

अस्पतालले २४सैँ घण्टा इमरजेन्सी सेवा, बहिरंग सेवा, अत्याधुनिक ल्याबोटरी तथा डाइग्नोष्टिक सेवा, फार्मेसी सेवा, सामान्य र प्रमुख शल्यक्रिया सेवा, आइसीयु, इसडियू सेवा र रेडियोलोजी–डाइग्नोष्टिक सेवा एक्स–रे, इसिएचओ, अल्ट्रासाउन्ड, कोलोनोस्कोप, इन्डोस्कोपी) सेवा सन्चालन गरेको छ ।
“आधुनिक उपचार आत्मिय सेवा हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ स्थापना भएको उक्त अस्पतालले स्वास्थ्य उपचारका लागि विदेशमा जानुपर्ने बाध्यतालाई अन्त्य गर्न योगदान गर्ने जनाएको छ । अस्पतालले व्यवसायीक नभई समाजसेवाको क्षेत्रको रुपमा कार्य गर्न सन्चालकहरुको भनाई छ ।

कांग्रेस नुवाकोटका पूर्वसभापति तथा संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले गाउँगाउँमा स्वास्थ्य क्षेत्रको पहुँच पुगेपनि सेवा पु¥याउन नसकिएको बताए । स्वास्थ्यमा विभिन्न समस्या रहिरहेको भन्दै उनले चिन्ता व्यक्त गरे ।
नेता केसीले दिनप्रतिदिन दक्ष चिकित्सकहरु विदेशीने क्रम बढेको भन्दै त्यसलाई रोक्नका लागि सरकारले विशेष कदम चाल्नुपर्ने उल्लेख गरे । अस्पतालले पश्चिम वागमतिका जनतालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्यसेवा प्रदान गर्न लाग्नुपर्ने बताए ।

कार्यक्रममा ं बाग्मती प्रदेशका पुर्व भौतिक पुर्वाधारमन्त्री अमनकुमार मास्केले अत्याधुनिक सेवासहित शुभम इन्टरनेश्नल अस्पतालको संचालनले स्वास्थ्य र सामाजिक पुर्वाधारको क्षेत्रमा इतिहाँस रच्नुपर्ने वताए । तारकेश्वर नपाका मेयर कृष्णहरि महर्जनले अत्याधुनिक सेवासहित संचालित उक्त अस्पतालले सर्बसुलभ रुपमा जनतालाई सेवा दिनेमा विश्वास व्यक्त गरे ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा केदारनरसिंह केसीले अस्पतालले मानवीय भावनालाई समेत कदर गदै अगाडि बढ्न्े प्रतिवद्धता जनाए । अस्पतालमा उपचारका लागि आएका विरामी आर्थिक अभावका कारण फर्कनु नपर्नेसमेत बताए ।

अस्पताल उद्घाटन कार्यक्रममा तारकेश्वर १० का वडाध्यक्ष कुमार राईले अत्याधुनिक सेवासहित सेवा सुचारु गरेकोमा अस्पतालले विरामीहरुलाई सहुलियत रुपमा उपचारको प्रबन्ध गराउन अस्पताललाई आग्रह गरे । राईले अस्पतालबाट स्थानीयबासीले सहज तरिकाले सेवा पाउने अवसर मिलेको बताए ।
कार्यक्रममा अस्पतालका प्रवन्ध निर्देशक तथा बरिष्ठ युरोलोजीष्ट डा. प्रदीपबिक्रम सिंहले निरन्तर प्रयत्न र समर्पणका साथ आधुनिक र प्रविधियुक्त अस्पताल सन्चालन गर्ने लक्ष्यले मुर्त रुप पाएको वताए । उनले अस्पतालको संचालनसंगै स्थानीयबासीहरुले सहज रुपमा उपचार गर्न पाउने बताए ।

अन्य अस्पतालले भन्दा शुभम इन्टरनेश्नलले उत्कृष्ट सेवा प्रदान गर्ने सन्चालकहरुले प्रतिवद्धता जनाएका छन् । अस्पतालका सञ्चालक सरोज केसीले स्थानीयबासीको विश्वास र समर्थनले अस्पताल अगाडि बढन सहयोग पुग्ने बताए ।
अस्पतालमा डा. केदारनरसिंह केसी सहित दक्ष र अनुभवी वरिष्ठ चिकित्सक तथा सामाजिक व्यक्तिहरूको लगानी रहेको छ । अस्पतालमा ७ वटा आईसीयु, २ वटा भेन्टीलेटरसहित अत्याधुनीक प्रविधिमा संचालनमा आएको छ ।




















































