विदुरमा ट्रि प्लान्टेसन कार्यक्रम

– सिट्रानेलाको विरुवा हस्तान्तरण
लोकखबर
२०८२ भाद्र १३, शुक्रबार १३:१७

बिदुर–नुवाकोटको विदुर नगरपालिका २ मा ट्रि प्लान्टेसन कार्यक्रम सन्चालन गरिएको छ । जसअन्र्तगत सिट्रानेलाको विरुवा प्रदान गरिएको छ ।

लायन्स क्लब अफ नुवाकोट बाराहीको ट्रि प्लान्टेसन कार्यक्रम अन्र्तगत एकसय ३० वोट सिट्रानेलाको विरुवा हस्तान्तरिण गरिएको छ । विदुर २ का वडाध्यक्ष दीपक कायस्थ र लायन इन्टरनेस्नल .३२५ आई नेपालका जोन चेयरपर्सन केशव मिश्रले नुवाकोट सफलता महिला समूह, सीतापोखरी महिला समूह तथा वरिपरिका गाउवस्तीका लागि उक्त सिट्रानेलाको विरुवा हस्तान्तरण गरेका हुन् ।

यस सिट्रानेलाको विरुवाले विरुवा लगाएको ५० मिटर दुरीसम्म सर्प र लामखुट्टे नआउने विरुवा हस्तान्तरण गरेको लायन्स क्लब अफ नुवाकोट बाराहीकी अध्यक्ष शान्ति प्रधानले वताइन् । उनका अनुसार सिट्रानेलाको विरुवा ग्रिन टिमा पनि प्रयोग गर्न सकिन्छ ।

सिट्रानेलाको विरुवालाई उचित रुपमा रोपेर उपभोग गर्न वडाध्यक्ष दीपक कायस्थले महिला समूहहरुलाई आग्रह गरे । यसलाई खेती गरेर प्रसोधन गर्न सके यसको तेल विउटी प्रोडक्टमासमेत प्रयोग गर्न सकिने जनाइएको छ ।

 


सर्वाधिक रुचाइएको