युवा संघ ककनीको अधिवेसन
बिदुर–सत्तारुढ दल नेकपा एमाले नुवाकोटमा संगठन विस्तारमा लागेको छ । जसअन्र्तगत विभिन्न संगठनको भेला तथा अधिवेसनमा केन्द्रीत भएको छ ।

राष्ट्रिय युवा संघ नेपाल ककनी गाउपालिका कमिटीको दोश्रो अधिवेशन शनिवार सम्पन्न भएको छ । अधिवेसनले प्रदीप लामिछानेको अध्यक्षतामा नयां कार्यसमिति निर्विरोध चयन गरेको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि उपाध्यक्षमा दीपक लामा, सचिबमा सुजन तमाङ, सह सचिवमा क्रमशः राजकुमार बलामी र ललीत तमाङ र प्रवक्तामा .दीपा तमाङसहित २५ सदस्यीय कार्य समिति निर्विरोध चयन भएको छ । यसअघि, उक्त अधिवेसनको एमाले केन्द्रीय सदस्य तथा नुवाकोट ईन्चार्ज एवं वागमति प्रदेशका पुर्वमन्त्रि केशवराज पाण्डेले उद्घाटन गरे ।

उनले पार्टीमा अनेक षडयन्त्रहरु हुुन थालेका कारण सवै पक्ष सचेत हुनु पर्ने वताए । पाण्डेले संगठन मजवुत वनाएर आगामी निर्वाचनमा आफ्नो दललाई वलियो रुपमा उभ्याउन सक्ने वनाउनु पर्ने दायितव युवाहरुमा आएकोसमेत वताए ।

अधिवेसन उद्घाटन कार्यक्रममा एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनाली, एमाले नुवाकोटका पुर्व अध्यक्ष तथा पुर्व प्रतिनिधि सभा सदस्य नारायणप्रसाद खतिवडा, प्रदेश कमिटि सदस्यहरु काशीराज अधिकारी, वलराम आचार्य, नवराज ओझा, जिल्ला कमिटि उपसचिव राजेन्द्रप्रकाश पाण्डे, एमाले सचिवालय सदस्य तथा युवा इन्चार्ज रमेशरमण खनाल, दीपक कार्की, युवा संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज आर्यन (रामनारायण) श्रेष्ठ, युवा संघका अध्यक्ष प्रज्वल सापकोटालगायतले पछिल्लो समय एमालेलाई समस्या पार्न र घेरावन्दी गर्ने खालका कार्य भइरहेको वताए ।














































