तरण दलको विभिन्न स्थानमा अधिवेसन

– एकै दिन दुईवटा वडामा नयां नेतृत्व
लोकखबर
२०८२ भाद्र १५, आईतवार १२:५२

बिदुर–सत्तारुढ दल नेपाली कांग्रेसले नुवाकोटको विभिन्न स्थानमा संगठन विस्तार गरिरहेको छ । जसअन्र्तगत तरुण दलको अधिवेसन भइरहेको छ ।

नेपाल तरुण दलको तारकेश्वर गाउँपालिकामा वडा अधिवेसन भइरहेको छ । एकैदिन तारकेश्वर ५ र ६ वडाको वडा अधिवेसन सम्पन्न भएको हो ।

अधिवेशनबाट तारकेश्वर ५ मा भीम तामाङ र तारकेश्वरं ६ मा सागर तामाङको अध्यक्षतामा तरुण दलको नयां कार्य समिति सर्वसम्मत रुपमा चयन भएको छ । अधिवेसन उद्घाटन कार्यक्रममा कांग्रेस महासमिति सदस्य चोकराज शाक्य, क्षेत्रिय प्रतिनिधि तथा तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी, वडाध्यक्ष अशोक तामाङलगायतले तरुण दललाई सक्रिय गराएर विकास र परिवर्तनमा सामाजिक योगदानमा अगाडि वढाउनुपर्नेमा जोड दिए ।

 


सर्वाधिक रुचाइएको