एम्वुलेन्स चालकहरुलाई प्रशिक्षण
बिदुर–विरामी तथा आकस्मिक रुपमा प्राथमिक उपचार प्रक्रियाका सम्वन्धमा नुवाकोटका एम्वुलेन्स चालहकरुलाई सचेतना प्रदान गरिएको छ । पहिलो पटक विदुरमा एम्बुलेन्स चालकहरूलाई प्राथमिक उपचार प्रशिक्षण दिइएको छ ।

तालिममा सहभागी एम्बुलेन्स चालकहरूलाई सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको थियो । आपतकालीन अवस्थामा दुर्घटनामा परेका घाइतेको सुरक्षित उपचार, बिरामीलाई अस्पताल पु¥याउने क्रममा अपनाउनुपर्ने कार्य र सावधानी तथा प्राथमिक उपचारका आधारभूत विद्यिहरूका सम्वन्धमाा आवस्यक ज्ञान प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले जानकारी दिए ।

सहभागी एम्बुलेन्स चालकहरूलाई प्रशिक्षक उद्धव शर्मारिजालले हृदयघात, रक्तस्राव, हड्डी भाँचिनेजस्ता आकस्मिक अवस्थाका लागि आवश्यक हुने प्राथमिक उपचार सीप र एम्बुलेन्स चालकले निभाउनुपर्ने जिम्मेवारीबारे प्रयोगात्मक प्रशिक्षण दिएका थिए । सहभागी चालकहरूले तालिमले एम्बुलेन्स चालकहरूको सीप अभिवृद्धि गर्न मद्दत गर्ने भन्दै आकस्मिक स्वास्थ्य सेवा अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

एम्बुलेन्स चालक सङ्घको समन्वय, रेडक्रस नुवाकोटको प्राविधिक सहयोग र महेन्द्र नारायणनिद्यि अस्पतालको आयोजनामा सम्पन्न तालिममा नुवाकोटका एम्बुलेन्स चालकहरूको सहभागिता रहेको थियो ।












































